आज १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मे दिवस्हेर्नुहोस् आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफलमहाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्नबाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरीइलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी'आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण भएको छ' :दिल्ली बहादुर सिंह -अध्यक्ष, विद्युत नियमन आयोगलुम्बिनीलाई क्रिकेट उपाधितीन दर्जन बढी मानिसहरू नेसपामा प्रवेश, बाबुरामले के भने?आर्मी र गण्डकी राष्ट्रिय महिला हक्कीको फाइनलमाराष्ट्रिय फुल कन्ट्याक्ट अर्को साता

एथलेटिक्सको ८ समय मिटर दौडमा बादल र सरितालाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ६ गते, बिहीबार ०५:४८

काठमाडौं, बैशाख ५ गते ।
गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । बादल छात्र तथा सरिता छात्रामा पहिलो भएका हुन् । दुवैको यो व्यक्तिगत दोश्रो स्वर्ण हो । पहिलो दिन मंगलबार दुवैले ४ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बादलले निर्धारित दूरी तय गर्न २ मिनेट ०५.५५ सेकेन्ड समय खर्चे । सुदूरपश्चिम प्रदेशका विक्रम विष्ट दोश्रो तथा कर्णाली प्रदेशका प्रकाश बुढा तेश्रो भए । सरिताले २ मिनेट २८.५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । कर्णालीकै भावना कर्साल दोश्रो तथा लुम्बिनी प्रदेशकी अनिशा थारु तेस्रो भए ।
ज्याभ्लिन थ्रोको छात्रमा सुदूरपश्चिमका सुकवीर पोखरेल पहिलो भए । उनले ५२.१६ मिटर टाढा फाले । लुम्बिनीका राहुल थारु दोश्रो तथा रवि चौधरी तेश्रो बने । सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता विकले स्वर्ण चुमिन् । सरिताले ३१.५४ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी दिब्याकला थारुले कांस्य हात पारे ।
छात्र लङजम्पमा लुम्बिनीका रमेश थारुले ६.६४ मिटर जम्प गर्दैै पहिलो भए । सुदूरपश्चिमका सन्नी चौधरी दोश्रो तथा आशिष महर तेश्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रामा बागमती प्रदेशकी प्रनिशा महतो पहिलो भइन् । प्रनिशाले ४.९५ मिटर जम्प गरिन् । गण्डकीकी निशा घर्ती दोश्रो तथा सुदूरपश्चिमकी रेनुका ऐर तेश्रो बने ।
छात्र÷छात्राको ४ गुणा १०० मिटर रिलेमा बागमती पहिलो भयो । छात्रमा मधेश प्रदेश दोश्रो तथा सुदूरपश्चिम तेश्रो भए । छात्रामा गण्डकी दोश्रो तथा सुदूरपश्चिम तेश्रो बने ।

कबड्डी ः सेमिफाइनल समीकरण पूरा

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको कबड्डीको छात्र÷छात्रा दुवैको सेमिफाइनल समीकरण पूरा भएको छ ।
छात्रमा सुदूरपश्चिमले मधेशसंग खेल्ने छ भने लुम्बिनीले कोशी विरुद्ध प्रतिस्पर्धा गर्ने छ । छात्राको सेमिफाइनल लुम्बिनी र बागमती तथा सुदूरपश्चिम र कर्णालीबीच हुनेछ ।

भलिबल ः छात्रामा सेमिफाइनल समिकरण तयार

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको भलिबलको छात्रामा सेमिफाइनल समीकरण तयार भएको छ ।
समूह ‘ए’ बाट बागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशी प्रदेशले सेमिफाइनल यात्रा तय गरे । बेस्ट अफ थ्रीमा भएको प्रतिस्पर्धामा समूह ‘ए’ मा चार र समूह ‘बी’ मा तीन प्रदेशले प्रतिस्पर्धा गरे । अब बिहीबार हुने सेमिफाइनलमा बागमती र कोशी तथा लुम्बिनी गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा बागमतीले पहिलो खेलमा गण्डकीलाई २५–१३ र २६–२४, दोस्रो खेलमा कर्णालीलाई २७–२५ र २५–१२ तथा तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई २५–१० र २५–८ ले हराउँदै समूह विजेता बन्यो ।
गण्डकीले भने कर्णालीलाई २५–२०, २५–२७ र १५–८ ले हराउँदा सुदूरपश्चिममाथि २५–२० र २५–२२ को जित निकाल्यो । समूहमा एक मात्र हार बेहोरेको गण्डकी समूह उपविजेता बन्यो । समूह ‘बी’ विजेता लुम्बिनीले कोशीलाई २५–२३ र २५–१७ तथा मधेश प्रदेशलाई २५–१४ र २५–२१ ले हरायो । यससमूहको उपविजेता कोशीले एक मात्र जित मधेश प्रदेशमाथि २५–१८ र २५–१८ ले निकाल्यो ।
पुरुष भलिबलमा भने समूह ‘ए’ का कर्णाली र लुम्बिनी प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
चार प्रदेश रहेको यो समूहमा कर्णाली र लुम्बिनीले एकअर्कासँग खेल्न बाँकी छ । जित्ने टोली समूह विजेता बन्नेछ । कर्णालीले पहिलो खेलमा सुदूरपश्चिमलाई २५–२०, १९–२५ र १५–८ तथा दोस्रो खेल कोशीलाई २५–२२ र २५–१९ ले हरायो । लुम्बिनीले यो समूहमा दुई जित निकाल्दा पहिलो खेलमा कोशीलाई २५–२० र २५–१९ तथा दोस्रो खेलमा सुदूरपश्चिमलाई २५–२२ र २५–१५ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

उसु ः पहिलो दिन चार स्वर्णको टुंगो

उसुको पहिलो दिन चार स्वर्ण पदकको टुंगो लागेको छ । आयोजक राखेपको सेमी कभर्डहलमा बुधबार भएको पुरुष थाइचीमा छ्वानमा बागमतीका राजकुमार तामाङले स्वर्ण पदक जिते । यसै विधामा सुदूरपश्चिमका शिरिष श्रेष्ठले रजत र कर्णालीका तिलकबहादुर बुढामगरले कांस्य पदक प्राप्त गरे । महिला थायची छ्वानमा बागमतीकै लक्ष्मी तामाङले स्वर्ण पदक जितिन् । सुदूरपश्चिमकी दीपिका साउदले रजत पदक जित्दा कोशीकी अन्जना सरदारले कांस्य पदकमा चित्त बुझाइन् ।
पुरुषकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण, बागमतीका जेनिश नेपालीले रजत र सुदूरपश्मिचका योगेश चौधरीले कांस्य पदक जिते । यसै विधाको महिलामा बागमतीका ममता सुनुवारले स्वर्ण पदक जितिन् । कर्णालीकी सन्ध्या राना क्षेत्रीले रजत पदक र सुदूरपश्चिमकी ज्ञानु विकले कांस्य पदक प्राप्त गरे ।
तेक्वान्दो ः बागमतीलाई ३ स्वर्ण
सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको तेक्वान्दोको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमतीले सर्वाधिक ३ स्वर्ण जितेको छ । कोशीले २ तथा मधेश र कर्णालीले समान १–१ स्वर्ण जिते ।
छात्रा एकल पुम्सेमा सरगम थापा, छात्रा ४२ केजीमुनि सुप्रिया बजगाईं र छात्र ५१ केजीमुनि करण धोलीले बागमतीलाई स्वर्ण दिलाए । छात्र ५९ केजीमुनि सन्जल श्रेष्ठ तथा छात्रा ५३ केजीमुनि प्रज्ञा परियारले कोशीका लागि स्वर्ण जिते । छात्र एकल पुम्सेमा मधेशका निश्चल धामी थारु तथा छात्र ४९ केजीमुनि कर्णालीका निसान प्याकुरेलले स्वर्ण जिते ।

तेक्वान्दो ः बागमतीनै अगाडि

सातदोबाटोस्थित कराते हलमा भएको करातेमा पनि पहिलो दिनको खेल सकिदा बागमतीले सर्वाधिक ४ स्वर्ण जितेको छ । कोशीले २ तथा लुम्बिनी र सुदूरपश्चिमले समान १–१ स्वर्ण जिते । १२ स्पर्धा समावेश करातेमा पहिलो दिन ८ स्वर्णका प्रतिस्पर्धा भएको थियो ।
बागमतीका लागि छात्राको एकल कातामा रेनिशा रिमाल, ४० केजीमुनि करुणा गढाल, ५० केजीमुनि सिरुसर भुजु र छात्र ४७ केजीमुनि राकेश मानन्धरले स्वर्ण जिते । छात्र एकल कातामा कोशीका प्रमोद राई तथा ६२ केजीमुनि कोशीका जिवेश राई पहिलो भए । छात्रा ५५ केजीमुनि लुम्बिनीकी विष्णारेश्मी मगर तथा छात्र ५७ केजीमुनि सुदूरपश्चिमका आकाश सेजवालले स्वर्ण जिते ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु