तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आर्मी र गण्डकी राष्ट्रिय महिला हक्कीको फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १८ गते, मंगलवार ६:०१

धुलिखेल । विभागीय टोली आर्मी क्लब र गण्डकी प्रदेश छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
धुलिखेलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले मधेस प्रदेशलाई ६–० गोल अन्तरले पराजित ग¥यो । आर्मीलाई जित दिलाउन सरस्वती तामाङले ह्याट्रिक गरिन् । त्यस्तै डम्मरा भट्टले दुई गोल गर्दा सिमा खड्काले एक गोल गरिन ।
डम्मराले खेलको पाँचौ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाइन । खेलको १०औं मिनेटमा डम्मराले नै ब्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले अग्रता दोब्बर बनायो ।
आर्मीका लागि २२औं मिनेटमा सिमाले गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाइन । खेलको २३औं मिनेटमा सरस्वतीले आर्मीका लागि चौथो गोल गरिन ।
३९ औं मिनेटमा सरस्वतीले ब्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ५–० गोलको अग्रता बनायो । खेलको ५७औं मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीले ६–० गोलको जित निकाल्यो ।
आर्मीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी निर्मला पाण्डे प्लेअर अफ द म्याच चुनिन । आर्मीले अब फाइनलमा गण्डकी प्रदेशको सामना गर्नेछ ।
आज नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पेनाल्टी स्टोकमा २–० गोल अन्तरले हराउँदै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको छ ।
निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी स्टोकमा गएको हो । जसमा गण्डकीले बाजि मार्न सफल भयो ।
गण्डकीका लागि ज्योति काफ्ले र मेलिना गौचनले गोल गर्दा सीता माया बल र शिल्पा डंगौराले गोल गर्न सकेनन् ।
यता सुदूरपश्चिमका चारै जना खेलाडीले गोल गर्न सकेनन् । सुदूरपश्चिमका सन्जु चौधरी, पुर्णिमा नेगि, आशिका एसके र जमुना भट्टराईले गोल गर्न सकिनन ।
त्यसअघि खेलमा खेलको १५औं मिनेटमा सीता मायाले गोल गर्दै गण्डकीलाई अग्रता दिलाएकी थिइन् । खेकको २४औं मिनेटमा सुदूरपश्चिमका लागि नमिता एसकेले बराबरी गोल फर्काइन । गण्डकीका लागि खेलको २७औं मिनेटमा गिता पुन मगरले गोल गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाइन । ३१औं मिनेटमा गण्डकीकि सीता मायाले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ गोलको अग्रता दिलाइन ।
त्यसपछि सुदूरपश्चिमले लगातार दुई गोल गर्न सफल भयो ।४१औं मिनेटमा पुर्णिमा उराउले गोल गर्दै टिमलाई ३–२ गोलको अबस्थामा ल्याइन ५०औं मिनेटमा पुर्णिमाले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई बराबरीमा ल्यएकी थिइन् ।
खेकको प्लेअर अफ दि म्याच सुदूरपश्चिमकि आसिका चुनिन । गण्डकीले अब उपाधिका लागि आर्मी क्लबसँग खेल्नेछ ।
दुई टोलीबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । त्यस अघि बिहान ८ बजे तेस्रो स्थानका लागि सुदूरपश्चिम र मधेस प्रदेश खेल्नेछन् ।
प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु