१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ राष्ट्रिय पौडीमा बागमति च्याम्पिनय⚡रेड बुल एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि⚡कलात्मक वातावरणमा काठमाडौंमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक⚡दशौँ राष्ट्रिय खेलकुदमा फुल कन्ट्याक्ट करातेको भव्य सुरुवात⚡टोखाको धापासीमा उच्च हिमाली क्षेत्रका रैथाने कृषि उपजको बजारीकरणका चुनौती र अवसरबारे अन्तरक्रिया⚡सामाजिक सुरक्षा कोषमा करार कर्मचारीदेखि अनौपचारिक श्रमिकसम्मलाई आबद्ध गराउने तयारी⚡यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर⚡प्रणयको मधुर स्मृति⚡सेवाभावको कदर, कर्मको सम्मान : लिला खनाललाई समाजसेवी सम्मान⚡नेपाली मौलिक सङ्गीतको उत्सव : क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ सम्पन्न

दशौँ राष्ट्रिय खेलकुदमा फुल कन्ट्याक्ट करातेको भव्य सुरुवात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर १२ गते, शनिबार ६:४५

कर्णाली — दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत फुल कन्ट्याक्ट कराते प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशमा भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा तथा नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्लले गरेका हुन्।

नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घका अध्यक्ष सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कर्णाली प्रदेश खेलकुद विकास समितिका उपाध्यक्ष प्रमोद हमाल विशेष अतिथिका रूपमा सहभागी थिए। समारोहमा नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घका पदाधिकारी तथा सदस्य, राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निर्णायक, खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्व, प्रशिक्षक, खेल पदाधिकारी तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा कर्णाली प्रदेशसहित देशका विभिन्न प्रदेशका महिला तथा पुरुष खेलाडी, विभागीय टोली र गैरआवासीय नेपाली (NRN) खेलाडीहरूको सहभागिता रहेको छ। विभिन्न तौल समूह तथा विधामा गरी कुल १४१ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अनुभव हासिल गरेका निर्णायकहरूको सहभागितामा सञ्चालन भइरहेको प्रतियोगितालाई नेपाली फुल कन्ट्याक्ट करातेको विकास र विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। प्रतियोगिताले खेलाडीहरूको क्षमता र प्रतिस्पर्धात्मक स्तर अभिवृद्धि गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न सक्ने नयाँ प्रतिभा पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कर्णालीमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनु आफैंमा यस क्षेत्रको खेलकुद विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै कर्णालीमा फुल कन्ट्याक्ट करातेको सम्भावना र आधारलाई समेत उजागर गरेको छ।
खेल पदाधिकारी, निर्णायक, प्रशिक्षक, खेलाडी तथा अतिथिहरूको उत्साहजनक सहभागिताबीच सम्पन्न उद्घाटन समारोहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुल कन्ट्याक्ट करातेको प्रतिस्पर्धालाई औपचारिक रूपमा अघि बढाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु