यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर⚡प्रणयको मधुर स्मृति⚡सेवाभावको कदर, कर्मको सम्मान : लिला खनाललाई समाजसेवी सम्मान⚡नेपाली मौलिक सङ्गीतको उत्सव : क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ सम्पन्न⚡अनामनगरमा खुल्दै मेडिटेरानियन फुड, स्वास्थ्यवर्द्धक परिकारमा जोड⚡सुनापति पर्यटन महोत्सवको घोषणा, १५ हजार पर्यटक भित्र्याउने लक्ष्य⚡गोल्जुङको काखमा फक्रिएको आशा : आमासँगै हुर्कने नयाँ जीवन र राज्यको अभिभावकत्व⚡प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार⚡घोप्ट्याएको भात : परम्परा, संस्कृति र आजको फेसन⚡बिहीबारको दिन तपाईंका लागि कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

प्रणयको मधुर स्मृति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर ११ गते, शुक्रबार ५:५६

लेखक : गोबिन्द राज ओझा (राजन )

जूनको शीतल किरणमा तिम्रै मुहार देख्छु म,
एकान्त रातको सपनामा तिम्रै संसार लेख्छु म।
वीणाको मधुर धुनसँगै तिम्रै नाम गुञ्जिन्छ,
हृदयको प्रत्येक स्पन्दन तिम्रै यादमा बाँचिन्छ।

फूलको सुगन्धभित्र तिम्रै सुवास भेटिन्छ,
वसन्तको हरियो वनमा प्रेमको रङ्ग छरिन्छ।
नयनले बाटो हेर्दैछन्, पर्खाइ लामो भयो,
तिमीबिना यो जीवनको प्रत्येक पल अधुरो भयो।

मन्दिरका दीपझैँ बल्छन् मनका पवित्र भावना,
तिम्रै साथ सजाउन चाहन्छु जीवनका ती कामना।
न जातले प्रेम रोक्न सक्छ, न दूरीले छुटाउन,
साँचो मनको सम्बन्धलाई समयले मेट्न पाउँदैन।

जन्मौँजन्मको साथ बनोस् हाम्रो अमर कहानी,
तिमी मेरो प्राणको धड्कन, म तिम्रो प्रेम निशानी।
संसार बदलिँदै जाओस्, माया कहिल्यै नबदलियोस्,
दुई आत्माको मिलनले जीवन स्वर्गझैँ सजियोस्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु