
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ १० पैसा र बिक्रीदर १७७ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०४ रुपैयाँ १८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८७ पैसा तोकिएको छ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५१ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा कायम गरिएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४ रुपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९८ पैसा र बिक्रीदर ११ रुपैयाँ ०२ पैसा तोकिएको छ।
यसैगरी, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४ रुपैयाँ ५० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९३ रुपैयाँ १४ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ९८ पैसा कायम गरेको छ।
त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकता अनुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने जनाइएको छ। अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।


