१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ राष्ट्रिय पौडीमा बागमति च्याम्पिनय⚡रेड बुल एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि⚡कलात्मक वातावरणमा काठमाडौंमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक⚡दशौँ राष्ट्रिय खेलकुदमा फुल कन्ट्याक्ट करातेको भव्य सुरुवात⚡टोखाको धापासीमा उच्च हिमाली क्षेत्रका रैथाने कृषि उपजको बजारीकरणका चुनौती र अवसरबारे अन्तरक्रिया⚡सामाजिक सुरक्षा कोषमा करार कर्मचारीदेखि अनौपचारिक श्रमिकसम्मलाई आबद्ध गराउने तयारी⚡यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर⚡प्रणयको मधुर स्मृति⚡सेवाभावको कदर, कर्मको सम्मान : लिला खनाललाई समाजसेवी सम्मान⚡नेपाली मौलिक सङ्गीतको उत्सव : क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ सम्पन्न

रेड बुल एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर १२ गते, शनिबार ७:०३

काठमाडौं — रेड बुल एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी पुस ६ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। आयोजकका अनुसार प्रतियोगिता २०२६ डिसेम्बर २१ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ।
लिगको मिति नेपाल भलिबल संघ (एनभीए) बाट आधिकारिक रूपमा स्वीकृत भइसकेको छ भने प्रतियोगिता सञ्चालन हुने स्थललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति दिएको छ।

दुवै निकायको स्वीकृतिसँगै एभरेष्ट महिला भलिबल लिग नेपाली खेलकुदको महत्वपूर्ण प्रतियोगिताका रूपमा अघि बढ्ने आयोजकको विश्वास छ।
तेस्रो संस्करणमा रेड बुल साझेदारका रूपमा जोडिएको छ। रेड बुलको साझेदारीले प्रतियोगितालाई थप ऊर्जा र आकर्षण प्रदान गर्ने आयोजकले जनाएको छ। यसको प्रभाव कोर्टमा प्रतिस्पर्धा गर्ने खेलाडीदेखि दर्शकदीर्घासम्म देखिने अपेक्षा गरिएको छ।
एभरेष्ट महिला भलिबल लिगले सुरुआतदेखि नै नेपाली महिला खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्दै आएको छ। साथै, नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने र आगामी पुस्तालाई भलिबलतर्फ आकर्षित गर्ने उद्देश्यले लिगले महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको भनाइ छ।
रेड बुलको साझेदारीसँगै महिला भलिबलको विकासलाई थप गति दिने, खेलाडीका लागि प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने तथा नेपाली महिला भलिबललाई अझ फराकिलो दर्शकवर्गसम्म पुर्‍याउने लक्ष्य लिइएको छ।
लिगमा सहभागी हुने टोली, खेल तालिका तथा टिकटसम्बन्धी विस्तृत जानकारी आगामी दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु