साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

आन्तरिक पर्यटन मेला देश चिनाउने अभियान हो : अधिकारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ८ गते, आईतवार १३:४८

गत बैशाख १३ र १४ गते सम्पन्न आन्तरिक पर्यटन मेला (डोमेस्टीक टुरिजम मार्ट (डीटीएम)को अभूतपूर्व सफलतापछि दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको उक्त मेला भृकुटीमण्डपको प्रदर्शनी हलसहितको चौरमा सञ्चालन गरिनेछ । नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको उक्त मेला नेपाल भ्रमण वर्षको सुरुवाति दिनमा नै आयोजना हुनुले पनि सरकारको २० लाख पर्यटक भित्र्याउने योजनालाई थप बल पुग्ने विश्वास आयोजकको छ । ‘पहिले देश अनि विदेश’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको मेलामा मुलुकका ७७ वटै जिल्लामा रहेका पर्यटकीय गन्तव्य, लोक संस्कृति, सम्पदा र मौलिक अवस्थीति र व्यापारिक स्टलहरुको एकथलोबाट मुलुकभर चिनारी गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी (अबिरल)ले बताएका छन् । यसैबीच, मेलाको आवश्यकता र यसको औचित्यबारे अध्यक्ष अधिकारीसँग सोधेका छौं ।

डीटीएम दोस्रो संस्करणको मिति घोषणा गर्नुभएको छ । के छ तयारी ?

हो, हामीले पहिलो डीटीएम अत्यन्त सफलतापूर्वक सम्पन्न गरेपछि सबैको सुझाव र सल्लाहअनुसार पत्रकार सम्मेलनमार्फत आगामी फागुन ९ र १० गते (सन् २०२० को फेब्रुअरी २१ र २२ तारिख) का दिन दोस्रो संस्करणको मिति घोषणा गरेका छौं । घोषणासँगै आन्तरीक तयारीलाई व्यापकता दिएका छौ ।
डीटीएमका लागि पर्यटन क्षेत्रमा चिरपरिचित व्यक्तित्व माधवप्रकाश सुबेदीको संयोजकत्वमा डीटीएम कमिटी गठन गरेका छौं । यसैक्रममा हामीले मेलालाई उचाई प्रदान गर्नको लागि डीटीएम गुडवील एम्बेसडर, डीटीएम ब्राण्ड एम्बेसडर, डीटीएम प्रदेश संयोजक, डीटीएम मिडिया संयोजक, सल्लाहकार, प्रचारप्रसार संयोजकलगायत विभिन्न जिम्मेवारी बाँडफाड गरेका छौ । भ्रमण वर्षको सुरुवाती दिनमा नै आयोजना हुने भएकाले पर्यटन क्षेत्रलाई नयाँ दिशाबोध गर्नमा डीटीएम फलदायी हुने विश्वास हामीले लिएका छौं ।

डीटीएमको मुख्य उद्देश्य चाही खास के हो ?

मुख्यतः यो देश चिनाउने अभियान नै हो ।
हामीले यसअघि आयोजना गरेको मेलामा पनि यही कुरालाई जोड दिएका थियौं । ‘पहिले देश अनि विदेश’ भन्ने हाम्रो मुल मन्त्र हो । युरोप अमेरिका गएर सेल्फी खिचेर फेसबुकमा राख्नेहरुलाई रसुवा र जुम्लाको प्राकृतिक मनोरम दृश्यको बारेमा कुनै वास्ता भएको देखिदैन । मुलुकभित्रका सबै प्रदेश र स्थानीय तहहरुमा फरकफरक प्रकृति र संस्कृति झल्कने चिजहरु छन, यद्यपी हामीले ती स्थानहरुलाई सधंै बेवास्ता गर्दै आयौँ । अब यसो हुनु हुदैन, घुम्ने केन्द्रहरु पोखरा र लुम्बीनी मात्र होइन, अन्यत्र पनि छन् । तिनीहरुलाई बाहिर ल्याउनुपर्छ । मुलुकभित्र नै घुम्ने संस्कृतिको विकास गर्नुपर्छ भनेर हामी लागिपरेका छौं । हामी आयोजक भएको हुनाले व्यवस्थापन पक्षको जिम्मेवारी हामीमाथि भएपनि यो सबैको हो । यसमा सबैको अपनत्व हुनेछ । भ्रमण वर्ष २०२० घोषणा गरिएपनि ठोस कार्यक्रम ल्याउन नसकिरहेको बेला हामीले यो मेलाको आयोजना गरेको हुनाले पनि यसले मुलुकको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन हुनेमा दुईमत छैन । यसको एक मात्र उद्देश्य मुलुकका गन्तब्यहरुको प्रवद्र्धन र पर्यटकीय उत्पादनहरुको चिनारी नै हो ।

मेलामा कति स्टल रहनेछन् ?

अहिले हामी सुरुवाती अवस्थामा नै छौं । आजको मितिसम्मको कुरा गर्दा ४० वटा स्टल बुकिङ भइसकेको छ । पुस १५ सम्म स्टल बुकिङ गर्नेहरुलाई २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । अघिल्लो पटक १ सय १५ वटा स्टल रहेकोमा यसपटक करिब २ सय वटा स्टल रहने गरी गृहकार्य भइरहेको छ ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन पर्यटन बोर्डसँग यहाँहरुको सहकार्य कसरी अगाडि बढ्छ ?

सरकार र हाम्रो उद्देश्य साझा छ । २० लाख पर्यटक भित्र्याउने गरी सरकार अघि बढिरहँदा त्यसको नेतृत्व पर्यटन बोर्डले गरिराखेको छ । हामीले पनि नेपाल आएका पर्यटकहरुलाई कुन कुन ठाँउमा के के छ, कहाँ के पाईन्छ, स्थानीय भेषभूषा, संस्कृति, रहन सहन र पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिन्छौं । तसर्थ, पर्यटन बोर्ड र हाम्रो काम परिपुरकको रुपमा रहेको छ ।

डीटीएम सामाजिक की व्यावसायिक ?

यो विशुद्ध सामाजिक कार्यका रुपमा लिएका छौँ । मेला सञ्चालन गर्न र यसको व्यवस्थापनका लागि रकमको आवश्यकता पर्छ नै । यसमा पर्यटन बोर्डसँग पनि हाम्रो सहकार्य हुन्छ । स्टल बुकिङबाट हुने आम्दानीलाई पनि हामीले शिक्षा, स्वास्थ्यका क्षेत्रमा खर्च गर्दै आएका छौं ।

डीटीएम राजधानीमै किन ?

नेपाल घुम्न आउने पर्यटक आजको मितिसम्म काठमाडौं भएर नै आउँछन, उनीहरुलाई मुलुकभित्रको स्थानहरुका बारेमा जानकारी दिन राजधानी भन्दा अर्को उपयुक्त स्थान छैन । अर्को कुरा सत्य यही हो की सरकार, व्यवसायी र नीति निर्माताहरुको भीड राजधानीमा नै बढी छ । यसर्थ मेलाको व्यवस्थापन र अन्य प्राविधिक तवरले उपयुक्त यहीँ हो भन्ने हाम्रो बुझाई हो । यद्यपी, मेला भृकुटीमण्डपमा अयोजना भएपनि प्रवद्र्धन मुलुककै गर्ने हो । केही वर्षभित्रै मोफसलमा यसको विस्तार गर्नेछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु