साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

नेपाल सरकारबाट उचित सेवा/सुविधा नपाएको भारतीय शिक्षकहरुको गुनासो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ११ गते, शुक्रबार ०७:५१

काठमाडौं- ईन्डियन टिचर एशोसिएशन अफ नेपालका अध्यक्ष अरुण नारायण तिवारीले नेपाल सरकारबाट उचित किसिमको सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।बिहिबार रिपोर्टर्स क्लब नेपालमा ईन्डियन टिचर एशोसिएशन अफ नेपालले पत्रकार सम्मेलन गरेर नेपाली शिक्षक बराबर सेवा सुविधा नपाएको भन्दै सेवा सुविधामा हेरफेर गर्न सरकारसँग माग गरेको छ ।आदर्श उच्च मा.बि. दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा कार्यरत शिक्षक तथा ईन्डियन टिचर एशोसिएशन अफ नेपालका अध्यक्ष तिवारीले नेपाल सरकारले दिँदै आएको सेवासुविधालाई भारतीय मुद्रा अनुसार उपलब्ध गराउन माग गरेका छन् ।

उनले भने,‘म विगत २०३९ सालदेखि शिक्षण सेवामा जागिरे भएर नेपालमा बस्दै आएको छु, गैर–नेपाली भएर नेपालको शिक्षा क्षेत्रमा काम गर्दै आएका छौं, पहिले १ सय ५० जना जति हामी शिक्षकहरु यसरी नै अस्थायी रुपमा नेपालका स्कुलहरुमा पढाउँदै आएका थियौं, पछिल्लो समयमा १५ देखि २० जनामात्रै छन् जस्तो लाग्छ, एक दशक पहिलेदेखि रिटायर्ड भएका साथीहरुले पनि पेन्सन, पिएफ, ग्राजुएटि, औषधी उपचार खर्च लगायतका सुविधाहरु उपलब्ध गराउनुपर्छ ।’उनले अघि थपे,‘राज्यले एउटै स्कुलमा अध्यापन गराउने शिक्षकलाई विभेदपूर्ण व्यबहार गरेको छ, हामीले ३५ वर्षदेखि पढाउँदै आएका छौं, सेवाबाट बिदा हुँदाखेरि हामीले ८ देखि १२ लाखसम्म पाउने हुन्छ, सरकारले त्यसमा पनि हेरफेर गरिदेओस् भन्ने हाम्रो माग हो ।’

२०५२ सालमा तत्कालिन् सरकारका प्रधानमन्त्री शेर बहादुर देउबालाईसमेत भारतीय शिक्षकहरुका मागका बारेमा ज्ञापनपत्र बुझाएको स्मरण गर्दै अध्यक्ष तिवारीले भने,‘हाम्रा माग र अधिकारको लागि धेरै वर्ष पहिलेदेखि नै लड्दै आएको छु, तर सरकारले हाम्रा मागहरुको बारेमा कुनै वास्ता गरेन, हामीले जहिले दुख पोखिमात्रै रह्यौं, जीवनका ६० बशन्तहरु पार भएपछि हामीले बिदा भएर घर जानुपर्ने हुन्छ, मैले पनि अबका २/४ वर्षपछि शक्षण पेशा छोडेर घर जानुपर्ने हुन्छ, साथीभाईहरुले तँलाई नेपाल सरकारले के–के सुविधा दियो भनेर सोधे भने मैले के भन्ने ?

हामीले पाउने सेवा सुविधा र तलबका बारेमा भन्दा नेपालको बेईज्जत हुन जान्छ, यत्रो जीवन यही माटोमा बिताएको र सयौं विद्यार्थीको शैक्षिक भविष्यलाई उज्यालो बनाउन हामी लागिपरियो, युद्ध कालमासमेत अनेकौं दुःख र पीडाहरु भोगियो, तर राज्यले हामीलाई दोस्रो देशका नागरिक भनेर हेला गर्यो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु