साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण प्रतिबेदन : तत्कालीन प्रहरी प्रमुख एसपी विष्ट ‘मुख्य दोषी’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १० गते, बुधबार ०३:५६

काठमाडौं–कञ्चनपूरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछि हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेकासहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन टोलीले मंगलबार गृहमन्त्री थापालाई भेटेर छानविन प्रतिवेदन बुझाएको हो । छानबिन समितिले कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको ‘गम्भीर त्रुटी’ औंल्याएको छ । समितिले तत्कालिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमार बहादुर खड्कासँग बयान लिएको थियो । बयानका क्रममा खड्काले आफूले ‘गोली नचलाउनु’ भन्दै प्रहरी उपरीक्षक विष्टलाई लिखित आदेश नै दिएको बताएका थिए ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै भएको आन्दोलनका क्रममा भदौ ७ र त्यसपछि कञ्चनपुरमा पटक–पटक गोली चलेको थियो । समितिले दिएको प्रतिवेदन अनुसार छानबिनका क्रममा एसपी विष्टले तत्कालिन प्रमुख जिल्ला अधिकारीले दिएको लिखित आदेश अनुसार नै आफूले काम गरेपनि फिल्डमा काम गर्ने ‘फिल्ड अफिसर’ ले समेत आफूलाई गोली चलाइसकेपछि मात्र रिपोर्ट गरेको बयान दिएका छन् । ‘स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा मात्र गोली चलाउनुपर्ने भएपनि प्रहरी उपरीक्षक विष्टले समन्वय नै नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ’ समितिका एक सदस्यले भने, ‘समन्वय अभाव र एसपीको कमजोरीका कारण घटनाक्रम एकपछि अर्को गर्दै झन् कम्प्लिकेटेड बनेको कुरा प्रतिवेदनमा उल्लेख गरेका छौं ।’ कञ्चनपुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कञ्चनपुरमा प्रहरीले गोली चलाएपछी पटक–पटक आफूले प्रहरी उपरीक्षक विष्टलाई फोन गर्दा उनले फोन समेत नउठाएको बयान दिएका छन् । प्रमुख जिल्ला अधिकारीसँगको समन्वय बिना प्रहरी उपरीक्षक विष्टले किन गोली चलाउने आदेश दिए ? समितिले यसबारे गम्भीर प्रश्न उठाएको छ ।

छानबिन समितिले प्रमुख जिल्ला अधिकारीको ड्राईभर, एसपी र डिएसपीको ड्राईभरलाई समेत बयान लिएको थियो । छानविन समितिले निर्मलाको शव भेटिएको स्थललाई प्रहरीले जसरी सुरक्षित गरेर प्रमाण संकलन गनुपर्ने थियो त्यसमा लापरवाही गरेर गम्भीर त्रुटी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । ‘निर्मलाको सुरुवाल धुनु, शरीरमा लागेको माटो पखाल्ने लगायतका कार्य प्रहरी अनुसन्धानको मर्म अनुसार देखिएन’ प्रतिवेदनमा भनिएको छ, ‘घटनास्थलबाट प्रमाण संकलनमा लापरवाही हुँदा घट्नाको अनुसन्धान थप जटिल बनेको छ ।’
प्रहरी कमजोरीको कथाले भरिएको मोटो प्रतिवेदनले शंकास्पद केही व्यक्तिहरुमाथि अनुसन्धान गर्न सुझाएको छ । तर, त्यस्ता ब्यक्तिहरु को हुन भन्नेबारे समितिका सदस्यहरुले मुख खोल्न चाहेनन् । समितिका एक सदस्यले भने, ‘प्रतिवेदनमा उल्लेख भएअनुसार कार्यान्वयन भएमा हत्यारा उम्किनै सक्दैन, थप अनुसन्धानको पनि आवश्यकता पर्दैन, सबैकुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।’ सह–सचिव नेतृत्वको समितीले निर्मला पन्तको हत्यापछि भएको आन्दोलन, अनुसन्धानको क्रममा भएको कमजोरी, केन्द्रीय अनुसन्धान ब्युरोबाट गएको प्रहरी टोलीले गरेको काम–कारवाही लगायत समग्र विषयमा छानबिन गरेको थियो । प्रहरी कर्मचारीको सम्बन्धमा आन्तरिक छानविन गर्नका लागीे एआईजी धिरु बस्न्यातको नेतृत्वमा बनेको छुट्टै समितीले काम गरिरहेको छ ।

प्रतिवेदनमा यसअघि प्रहरी नेतृत्वमा गठित छानविन समितिको कमजोरी रहेको उल्लेख छ । यस्तै संदिग्ध भनिएका व्यक्तिहरुलाई कारबाहीको सिफारिस गरिएको छ । यद्यपी यसबारे संयोजक मैनालीले केही कुरा बताउन चाहेनन् । अनुसन्धानमा खटिएको प्रहरीको भूमिका संकास्पद देखिएपछि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका सहसचिव मैनालीको नेतृत्वमा भदौ ७ गते छानबिन समिति गठन गरेको थियो । समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो । समितिले अनुसन्धानमा देखिएका सबै कुरा प्रतिवेदनमा उल्लेख गरेको बताएको छ ।

समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे । पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

‘हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध’
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले उठाएका हत्या, हिंसाका घटनाबारे सदनलाई जानकारी दिँदै उनले  राजनीतिक सङ्कल्प र कठोर कानून बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रण गरिने प्रतिबद्धता जनाए । गृहमन्त्री थापाले भने, “मुलुकमा हत्या, हिंसाको घटना रोक्न सरकारले जोडबल लगाइरहेको छ । हत्या, हिंसाबाट समाजलाई मुक्त गराउन सरकार, सदन र जनताका बीचमा एकता कायम गरेर अघि बढन आवश्यक छ ।”

निर्मला पन्तको हत्या महिला हिंसाको प्रतिनिधिमूलक घटनाक भएको बताउँदै उनले निर्मला पन्तमा सम्बन्धित निकायको गम्भीर कम्जोरी र गैरजिम्मेवारीका कारण अनुसन्धानमा केही ढिलाइ भए पनि हत्यारालाई कानूनी कठघरामा उभ्याउन सफल हुने विश्वास दिलाए । लागुऔषध र  घरेलु मदिराले हत्या हिंसाका घटनालाई बढाएकाले त्यसलाई रोक्ने प्रयास भइरहेको बताउँदै गृहमन्त्री थापाले विकास र समृद्धिको माध्यम पनि समाजलाई परिवर्तन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले वर्तमान सरकार स्पष्ट  दृष्टिकोणका साथ अघि बढिरहेको हँुदा त्यसलाई रोक्ने सफल हुने अठोट व्यक्त गरे ।

सरकार र नागरिकको समन्वयमा मात्र पूर्ण सुरक्षा सम्भव भएकाले वडास्तरबाटै संयन्त्र बनाएर अभियान चलाउन आवश्यक रहेको उनले बताए । आगामी दशैँ र तिहारमा यातायात व्यवस्थापन र खाद्यान्न ढुवानीमा कुनै समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले उपत्यकाबाहिर जाने यात्रुका लागि टिकट बुकिङ खुल्ला भइरहेको बताए । बर्दियामा भएको राममनोहर यादवको मृत्यु प्रहरी यातनाबाट नभई मस्तिष्कघातबाट भएको रिपोर्ट आएको बताउँदै गृहमन्त्री थापाले भने, “विगतको तुलनामा हत्या हिंसाका घटनामा कमी आएको छ, शान्ति सुव्यवस्था सुदृढ भएको छ ।”

बाढी पहिरोमा परेर १०० जनाको मृत्यु
सो अवसरमा गृहमन्त्री थापाले वैशाखदेखि भदौ १७ गतेसम्म मुलुकका विभिन्न भागमा एक हजार ५८४ दुःखका घटना भएकामा त्यसमध्ये ५४५ बाढी पहिरोसँग सम्बन्धित रहेको जानकारी दिए । उक्त अवधिमा बाढी पहिरोका घटनामा परेर १०० जना मृत्यु हुनाका साथै १४३ घाइते भएका र  दुई हजारभन्दा बढी घर क्षति भएको उनले बताए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु