साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

उपराष्ट्रपति पुनद्धारा विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई स्वदेश फर्कन आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १० गते, शनिबार १०:३३

राजनीतिकरणका कारण वैज्ञानिकहरु विदेशिनुपरेको बुद्धिजीवीहरुको गुनासो

काठमाडौं, कात्तिक ९ । उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिँदै विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई देशको माया भए स्वदेश फर्कन आग्रह गरेका छन ।
पुनले स्वदेश फर्कि मुलुकको समृद्धिको लागी योगदान गर्न बिदेशमा रहेका नेपाली युवा बैज्ञानिकलाइ आह्वान गरे ।


शुक्रबार त्रिभुवन विश्वविद्यालयको ‘रिकास्ट’को सहकार्यमा नेपाल पोलिमर ईन्चिच्युटले आयोजना गरेको उन्नत सामाग्रीसम्बन्धी चौथो अन्तराष्ट्रिय सम्मेलन ९प्बक्ब्ः द्दण्ज्ञड० को काठमाडौंमा उद्धघाट्न गर्दे उपराष्ट्रपति पुनले यस्तो आह्वान गरेका हुन् ।
उनले नेपाल बिकास र समृद्धिको बाटो तर्फ अघि बढिरहेको भन्दै नेपाली बैज्ञानिक र अनुसन्धानकर्ताको स्वदेशमा खाचो रहेको बताए ।
उनले नेपालमा रहेका बैज्ञानिक र नेपाल फर्कन चाहने बैज्ञानिकहरुका लागी सरकारले नेपालमा नै उचित सिप प्रयोग गर्न वातावरण बनाउनुपर्ने धारणा राखे । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार गर्नका लागी मुलुकका सबै क्षेत्र बर्गको योगदान जरुरी रहेको उनले बताए ।

उनले नेपालको समृद्धिको यात्रामा चूनौती रहेपनि धेरै सम्भावना रहेको उल्लेख गरे । उहाले पूर्वाधार बिकासका लागी आवश्यक पर्ने नविन प्रविधीका लागी पनि नेपाली बिश्वविद्यालयको अनुसन्धान जरुरी रहेको समेत बताए ।
त्यस्तै, चरम राजनीतिकरणका कारण नेपालका वैज्ञानिकहरु विदेश पलायन भएको गुनासो बुद्धिजीवीहरुले पोखेका छन् ।
उक्त सम्मेलनमा सहभागी नेपाली बुद्धिजीवी तथा वैज्ञानिहरुले राजनीतिकरणका कारण वैज्ञानिकहरु विदेशिनुपरेको बताएका हुन् ।
उनीहरुले विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा सरकारको लगानी एकदमै न्यून भएको र केही गर्छु भन्ने वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाईसमेत सहयोग र अवसर नदिएको गुनासो गरे ।


नेपालका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाईसमेत बौद्धिक सम्पत्ति अधिकार दिन सरकारसँग माग गर्दै सहभागीहरुले अझैपनि देशमै रहेका वैज्ञानिकहरुलाई विदेशिनबाट रोक्न सरकारले योजना ल्याउनुपर्नेमा उनीहरुको जोड थियो ।
सरकारले मदन भण्डारी विश्वविद्यालय खोल्ने स्वीकृति दिनु सकारात्मक भएपनि यसअघि नै सञ्चालनमा रहेका विश्वविद्यालयहरुलाई धरासायी हुनबाट जोगाउनेतर्फ पनि सरकारको ध्यान जानुपर्नेमा बुद्धिजीवीहरुको भनाइ थियो ।

चार दिनसम्म चल्ले काठमाडौ गोष्ठीमा बिभिन्न देशका बैज्ञानिक र अनुसन्धानकर्ताको सहभागीता रहेको छ । सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल, अमेरिका, ईटाली, दक्षिण कोरिया, भारत, चेक रिपब्लिक, जापान, जर्मनीलगायतका १५ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।


उक्त गोष्ठीका प्रमुख प्रा. डा. रामेश्वर अधिकारीले अध्ययन तथा अनुशन्धानको क्षेत्रमा मुलुकमा विधमान रहेका विभिन्न संस्थाहरुबीच सहकार्य र साझेदारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, विदेशी विश्वविद्यालयका विशेष प्रतिनिधिहरुले पनि नेपालको आर्थिक वृद्धिको लागि पनि अध्ययन, अनुशन्धान र विकासमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु