भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

लण्डनको २४ तले अपार्टमेन्टमा राति भीषण आगलागी (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ जेष्ठ ३१ गते, बुधबार ०९:२८

पश्चिम लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको छ। आगलागी भएपछि उक्त भवन भित्र रहेका केही मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।

ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी सुरू भएको थियो।

करिब २ सय अग्नी नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। बीबीसीका अनुसार पूरै भवन जलिरहेको छ र भवन लड्न सक्ने आशंका छ।

अर्का प्रत्यक्षदर्शी टिम डाउनीले भवनको एउटा हिस्सा पूर्ण रुपमा जलिसकेको बताएका छन्। उनले बिबिसीसँग भने, ‘भवनको भित्री भागसम्म आगो फैलिएको छ। पूरै भवन नै हल्लिरहेको छ,’ उनले भने,‘ मैले भवनको माथिल्लो तलामा केही मानिसहरू आफ्नो टर्च लाइट बालेर बसिरहेको देखेको छु। यो साह्रै हृदयविदारक दृश्य छ। उनीहरू त्यहाँबाट निस्कन सक्नेछैनन्।’

यद्यपी अहिलेसम्म कुनै पनि मानवीय क्षती नभएको जनाइएको छ।

२४ तला अग्लो उक्त भवनमा १२० वटा अपार्टमेन्ट रहेका छन्।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु