दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर ३ गते, बिहीबार १२:२१

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँस्थित श्री दिपशिखा माध्यमिक विद्यालयमा आयोजित शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका समाजसेवी मुक्तिप्रसाद रोका परिवारले १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान गर्नुभएको छ।

मंगला गाउँपालिका–१, तुसारपानी स्थायी घर भई हाल अष्ट्रेलियामा व्यवसाय गर्दै आउनुभएका मुक्तिप्रसाद रोका, उहाँकी श्रीमती टीकामाया रोका, छोरा समीर रोका र छोरी सृष्टि रोकाले संयुक्त रूपमा उक्त रकम सहयोग गर्नुभएको हो।

विद्यालयको शैक्षिक विकास, स्मार्ट प्रविधिमैत्री तथा व्यावहारिक शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महायज्ञमा सहयोग गर्न रोका परिवार गाउँमै उपस्थित भएको थियो। महायज्ञमा सहभागी हुन बुधबार कुहुँ आइपुग्नुभएका रोकालाई स्थानीयवासीले घरमै पुगेर बाजागाजा तथा भजनकीर्तनसहित महायज्ञस्थलमा ल्याई सम्मान गरेका थिए।

लामो समयदेखि अष्ट्रेलियामा व्यवसाय गर्दै आउनुभएका रोका विदेशमा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्नुका साथै आफ्नो जन्मभूमि म्याग्दीको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक तथा विकास निर्माणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनुभएको छ।

विशेषगरी म्याग्दीको खेलकुद क्षेत्रको विकासमा समेत रोकाको उल्लेखनीय योगदान रहँदै आएको छ। खेलकुद क्षेत्रको प्रवर्द्धन र खेलाडीहरूको प्रोत्साहनका लागि खेलमैदान निर्माणदेखि विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनसम्म उहाँले आर्थिक सहयोग गर्दै आउनुभएको छ।

विदेशमा रहेर पनि आफ्नो जन्मभूमि, समाज र जिल्लाको विकासमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका रोका परिवारको यो सहयोगले स्थानीय शैक्षिक विकासमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

विद्यालयको शैक्षिक तथा भौतिक विकास र प्रविधिमैत्री शिक्षाको विस्तार गर्ने उद्देश्यले आयोजित महायज्ञमा रोका परिवारले गर्नुभएको उदार सहयोगप्रति विद्यालय परिवार तथा महायज्ञ मूल समारोह समितिले आभार व्यक्त गरेको छ !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु