दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर ४ गते, शुक्रबार ७:२५

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा हुने आठौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ । शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक महासंघका महासचिव घमबहादुर थापाले जनाएका छन् ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफ्गानिस्तान र इथोपियाबाट करिब ७ सय ५० खेलाडी सहभागी हुने बताइएको छ । प्रतियोगितामा जुनियर, क्याडेट, युथ, एडल्ट र भेट्रानमा सिंगल÷ग्रुप स्पाइरिङ र प्याटर्न तथा सेल्फ डिफेन्स विधामा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ६० स्वर्णका लागि भिडन्त हुनेछ ।

प्रतियोगिताका लागि दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष ग्रान्ड मास्टर राजेन्द्रन बलान र महासचिव महासचिव अब्दु रहिमन मंगला सेरीलगायतको टोली पनि काठमाडौं आइसकेको आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले बताए ।
सहभागी सबै राष्ट्रबाट सहभागी हुने खेलाडी र अफिसियल काठमाडौं आइकेको महासचिव थापाले बताए । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल हुनेछ ।
नेपालले दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागेको यो पाँचौंपटक हो । बाँकी ३ संस्करण भारतले आयोजना गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु