दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर १ गते, मंगलवार १९:२७

नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड ‘लभी हस्पिटालिटी ग्रुप’ (Lavie Hospitality Group) द्वारा सञ्चालित चर्चित रेस्टुरेन्ट चेन ‘जिग्री सेकुवा’ले आफ्नो १०औं तथा हालसम्मकै सबैभन्दा ठूलो र सुविधासम्पन्न आउटलेट काठमाडौंको धुम्बाराहीमा सञ्चालनमा ल्याउने भएको छ। लभी हस्पिटालिटी ग्रुपको उत्कृष्ट व्यवस्थापनमा आगामी मङ्सिर २ गते एक विशेष समारोहका बीच यस नयाँ आउटलेटको ‘ग्रान्ड ओपनिङ’ हुँदैछ। यस अवसरलाई थप विशेष बनाउन ग्राहकका लागि बम्पर अफरको घोषणा गरिएको छ।
आज यो भव्य स्वरूपसम्म आइपुग्नु अघि ‘जिग्री सेकुवा’को सुरुवातको कथा निकै रोचक र प्रेरणादायी छ। ‘लभी गार्डेन’का सञ्चालक समेत रहेका सुदर्शन पौडेलले कोरोना महामारी र आर्थिक मन्दीको समयमा थोरै खर्चमा टन्न खान पाइने ठाउँको परिकल्पना गरेका थिए। खल्तीमा पैसा नहुँदा पनि साथ दिने ‘जिग्री’ साथीहरू मिलेर सस्तोमा खान मिल्ने कन्सेप्ट उनले बनाए। त्यसका लागि उनले गाउँघरका छाप्रोदेखि विभिन्न ठाउँ पुगेर सेकुवाको मौलिक स्वाद र मसलाको अनुसन्धान गरे।

यसरी एउटा सामान्य कन्सेप्टबाट स्थापित भएको ‘जिग्री सेकुवा’ले त्यसयता कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन। उत्कृष्ट व्यवस्थापन, युनिक मार्केटिङ, अब्बल आतिथ्यता र खानाको स्वादमा निरन्तरता (कन्सिस्टेन्सी) ले गर्दा छोटो समयमै यो ब्रान्डले ग्राहकको मन जित्यो। यही लोकप्रियता र लभी हस्पिटालिटी ग्रुपको सफल व्यवस्थापनकै कारण आज काठमाडौं उपत्यकाभरि जिग्री सेकुवाका १० वटा आउटलेटहरू सञ्चालनमा आइसकेका छन्, जसमध्ये धुम्बाराही १०औं तथा सबैभन्दा ग्रान्ड आउटलेट हो।

सुदर्शन पौडेलको त्यही सफल कन्सेप्ट र लभी हस्पिटालिटी ग्रुपको विश्वसनीय ब्रान्डलाई अझ परिष्कृत र प्रिमियम रूपमा धुम्बाराहीमा भित्र्याएका हुन्, युवा फ्रेन्चाइजी सुजन बानियाँले। नेपालको सेयर बजार (Share Market) मा एक सफल र चर्चित नाम बनाइसकेका युवा लगानीकर्ता बानियाँले लभी हस्पिटालिटी ग्रुपसँगको सहकार्यमा यो ग्रान्ड आउटलेटमा लगानी गरेका छन्। सेयर बजारको आफ्नो अनुभव र उत्साहलाई हस्पिटालिटी क्षेत्रमा जोड्दै उनले लभी ग्रुपको मापदण्ड र भिजन अनुसार जिग्रीको यस आउटलेटलाई हालसम्मकै भव्य बनाएका छन्।

लभी हस्पिटालिटी ग्रुपको प्रत्यक्ष निगरानीमा तयार भएको धुम्बाराही आउटलेटमा आइपुग्दा जिग्री सेकुवा पूर्ण रूपमा ‘फुल-फ्लेज्ड’ रेस्टुरेन्टमा परिणत भएको छ र यसको मेनु निकै फराकिलो भएको छ। यहाँ आउने ग्राहकले जिग्रीको पुरानै लोकप्रिय ‘लोकल सितन’का साथै इन्डियन (Indian) र इटालियन (Italian) खानाका विविध परिकारहरूको पनि एकै ठाउँमा स्वाद लिन पाउनेछन्।
यस आउटलेटको सबैभन्दा ठूलो विशेषता भनेको यहाँको ‘प्रिमियम एम्बायन्स’ र जिग्रीको मौलिक ‘एमआरपी कन्सेप्ट’को उत्कृष्ट तालमेल हो। लभी हस्पिटालिटी ग्रुपले रेस्टुरेन्टको इन्टेरियर, डिजाइन र वातावरणलाई निकै प्रिमियम र आकर्षक बनाएको भए तापनि, ग्राहकले तिर्ने मूल्य भने पुरानै ‘एमआरपी’ अवधारणामा आधारित हुनेछ। अर्थात्, उच्च स्तरको सेवा र सुविधायुक्त वातावरणमा पनि ग्राहकले सस्तो मूल्यमै परिकार र पेय पदार्थको मज्जा लिन पाउनेछन्।
मङ्सिर २ गते हुने ग्रान्ड ओपनिङका लागि लभी हस्पिटालिटी ग्रुप र सञ्चालक सुजन बानियाँको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ। निःशुल्क सेकुवा र फ्रि बियरको लोभलाग्दो अफर, प्रिमियम वातावरण, फराकिलो मेनु र सुलभ मूल्यको उत्कृष्ट संगम बनेको ‘जिग्री सेकुवा धुम्बाराही’ लभी हस्पिटालिटी ग्रुपको अर्को सफल प्रस्तुति बन्ने र फुड पारखीहरूका लागि उत्कृष्ट गन्तव्य हुने पक्का छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु