रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

धुलाम्मे सडक पखाल्न ‘जेट मेसिन’ ल्याउँदै काठमाडौं महानगर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ जेष्ठ ३१, बुधबार ०९:३२

रुख रोप्ने ‘ट्री ट्रान्सप्लान्ट’ र सडक बढार्ने ब्रुमरसँगै काठमाडौं महानगरपालिकाले सडक पखाल्ने जेट मेसिन ल्याउने भएको छ।
महानगरको सडक डिभिजन मेकानिकल इन्जिनियर र पुल्चोक क्याम्पसको मेकानिकल इन्जिनियरिङको विभागीय प्रमुखको टिमले यसको बारेमा अध्ययन गरिरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

अध्ययन प्रतिवेदन आइसकेपछि नेपालमा कुन डिजाइनको मेसिन ठिक हुन्छ निक्र्याैल र परीक्षण गरी त्यही अनुसार खरीद प्रकृयामा जाने उनले जानकारी दिए।

यी तीन वटै मेसिन खरीद गर्न अर्थ मन्त्रालयले ९ करोड दिएको र महानगरले पनि करिव ९ करोड लगानी गर्ने उनले बताए। एउटा मेसिनको करीव ३ करोड पर्ने महानगरले आँकलन गरेको छ।

अहिले महानगरमा ३ वटा ब्रुमर मेसिन, २ वटा जेट मेसिन र एउटा ट्रि ट्रान्सप्लान्ट आवश्यक रहेको उनको भनाई छ। बजेटले भ्याएसम्म ५ वटासम्म जेट मेसिन ल्याउन सकिने कार्कीले बताए।

केही समय अगाडि सडक पखाल्न दमकल प्रयोग गरिए पनि त्यसले धेरै पानी खर्च गर्ने र सडक छेउछाउमा धेरै पानी जम्मा हुने भएकोले त्यत्ती प्रभावकारी हुन सकेन।

कार्कीका अनुसार यी मेसिन आइसकेपछि पहिले बु्रमरले बढारेर धुलो हटाइन्छ। अनि जेट मेसिनको सहायताले सडक पखालिन्छ र पूर्ण धुलोमुक्त बनाइन्छ। यो कार्यक्रम सुरु भएपछि महानगरवासीले धेरै राहत महसुस गर्ने महानगरको विश्वास छ।

जेट मेसिन विकसित देशहरुमा निकै प्रयोगमा आइरहेको र यो नेपालमा समेत प्रभावकारी हुने कार्कीले बताए। काठमाडौंसँग जोडिएका नगरहरुले पनि यस्तो प्रविधि प्रयोग गरे उपत्यका नै धुलो मुक्त र सुन्दर हुने उनको विश्वास छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु