दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

अमेरिकामा रिपब्लिकन सांसद माथी गोली प्रहार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ असार १, बिहीबार ०७:३३

अमेरिकाको भर्जिनियामा रिपब्लिकन पार्टीका सांसद स्टिभ स्कलीजलाइ बेसबल अभ्यास गरीरहेको बेला बन्दुकधारीले गोली प्रहार गरी हत्या प्रयास गरेका छन्।  बुधबार बिहान भएको उक्त आक्रमणबाट संसद लगायत ५ जना घाइते भएको प्रहरीले जनाएको छ। सांसदको कम्मरमा गोली लागेको र उनी खतरामूक्त भएको पनि जनाइएको छ।

आगामी बिहिबार आयोजना हुने बार्षिक बेसबल प्रतियोगिताकालागी सांसद स्कलीजले अभ्यास गरिरहेका थिए। उक्त प्रतियोगिता डेमोत्र्mयाट र रिपब्लिकन बिच हुने छ।

आक्रमणकारी ६६ बर्षिय जेम्स टि हकिन्सन भएको र उनि बर्नी स्यान्डर्सको समर्थक भएको प्रहरीले जनाएको छ। आक्रमणकारीको फेसबुक पेज हेर्दा उनि राष्ट्रपति ट्रम्पको कट्टर बिरोधी हुनुका साथै ट्रम्प र उनको कम्पनीलाई सखाप पार्नु पर्छ भन्ने गरेको खुलासा भएको छ।

प्रत्यक्षदर्शीका अनुसार युजीन सिम्पसन स्टेडियममा बेसबलको अभ्यास भैरहदा बन्दुकधारीले सांसद लगायत अन्य ब्यत्तिहरुलाई आक्रमण गरेको थियो। उसले राइफलबाट गोलीको बर्सात गरेको थियो। यो आक्रमण पश्चात प्रहरी र आक्रमणकारी बिच गोली हानाहान भएको थियो। आक्रमणकारी प्रहरीको गोली लागेर घाइते भएको र केहि घण्टा पछि उसको मृत्यु भएको सुरक्षा अधिकारीले बताएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यो एक दुखद घटना भएको र आक्रमणकारीलाई आवश्यक कारबाहि गरीने बताएका छन्। साथै घटनालाई तत्तकाल नियन्त्रणमा लिएर सुरक्षा प्रदान गर्न सफल सुरक्षाकर्मी लगायत सम्पूर्णलाइ धन्यवाद दिएका छन्।

केन्टकीका सिनेटर र्यान्ड पलले भनेका छन ‘क्यापिटल हिलका प्रहरी नभएको भए आज ठुलो सामुहिक हत्या हुन्थ्यो होला।’

को हुन त स्टिभ स्कलिज?

सन् २००८ देखि उनी निरन्तर सांसद रहेका स्कलिज अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा रिपब्लिकन पार्टीको तेश्रो बरियताका सांसद हुन। उनी सदनमा व्हीप जारी गरेर सत्ता पक्षकालागी मत जम्मा गर्ने महत्वपूर्ण जिम्मेवारीमा छन्।

सांसद हुनु भन्दा पहिले उनले लुजियानाको विधान सभामा काम गरेका थिए। उनी रिपब्लिकन पार्टीमा निकै प्रभावशाली मानिन्छन्। उनले बिगतमा कन्जरभेटिभ रिपब्लिकन स्टडी ग्रुपको नेतृत्व गरेका थिए। र, निबर्तमा सभामुख संग निरन्तर बाझि रहन्थे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु