तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

मिस तथा मिस्टर बिस्वकर्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ श्रावण २४, मंगलवार ०५:१८
काठमाडौँ | बिश्वोकर्मा एक यस्तो शब्द हो, सत्ययुग देखि परापुर्ब काल र अहिलेको कलियुगसम्म हर कोहि व्यक्तिले तथा भगवानको पाला देखि नै बिस्वकर्मालाइ पुज्दै र मान्दै आएको एक ध्रुबसत्य कुरा हो, राजा महाराजाहरुको पाला देखि बिस्वकर्मालाई एक कुशल बौद्धिक र क्षमताबान समुदायको रुपमा चित्रण गरिदै आएको छ यसको अनेकौ उदाहरण हाम्रो समाज र इतिहासमा साक्षि भएर बसेका छन ियसै |
परापुर्ब काल देखि सबैले मान्दै र पुज्दै आएको समुदायका जागरुक युवा पिडि बाट अहिले राष्ट्रलाइ नै गौरब हुने गरि सम्पूर्ण बिस्वकर्मा समुदायहरुलाइ एकै ठाउ समेटी बिस्वकर्माहरुको आवाजलाई राष्ट्रिय पहिचानको रुपमा बुलन्द गर्न, मिस बिस्वकर्मा २०१७ तथा मिस्टर बिश्वोकर्मा २०१७ को प्रतियोगिता हुन लागेको हो र त्यसको तयारी तिब्र रुपमा गरिदैछ| युवा पिडि बाटनै सकारत्मक समाज परिवर्तन गर्न सम्भब छ भन्ने सोचका साथ, परिवर्तनको लागी हाम्रो आवाज; भन्ने मुल नाराका साथ नेपालमै पहिलो पटक मिस्टर बिश्वकर्मा २०१७ र दोस्रो पटक मिस बिश्वोकर्मा २०१७ प्रतियोगिता हुदैछ । तथाकथित पुरातन सोच बिरुद्द जातियता पहिचान र आफ्नो हक हितको लागि परिवर्तन इभेन्ट हाउस प्रालिले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । जातिय बिबिधताले भरिएको हाम्रो देश नेपालमा आफ्नो पहिचान, अधिकार, र आफुसँग भएको सीप कला र क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न आयोजना गर्न लागेको यस प्रतियोगितामा बिस्वकर्मा समुदाय भित्र का १०६ थर हरु लाई लक्षित गरिएको छ। बिस्वकर्मा समुदाय भनेको के हो बिस्वकर्माको आफ्नो पहिचान, सस्कृति के छ बिस्वकर्माको इतिहास भनेको के हो भन्ने कुराहरुलाइ तथा बिस्वकर्मा समुदायलाई एकबद्द गराई यस समुदायको हकहित र पहिचानलाइ राष्ट्र र अन्तराष्ट्रिय रुपमा प्रस्तुति गराउने लक्ष्य सहित आयोजना गर्न लागिएको हो | नेपालकै तथाकथित शोषणमा पारिएका जातीयता भित्रको ठुलो सौन्दर्य प्रतियोगिता मिस बिस्वकर्मा २०१७ तथा मिस्टर बिश्वोकर्मा २०१७ आयोजना गर्न लागीएकोमा आयोजकहरु तथा सहयोगीहरु उत्साहित देखिएका छन् यो प्रतियोगितामा बिस्वकर्माहरुको इतिहास, आफ्नो भाषा सस्कृति, विशुद्ध युवापिडिहरुको व्यक्तित्व विकास, सञ्चार क्षमता र प्रतियोगीहरुमा भएको आत्मविश्वास अभिवृद्धि गराउने कुरामा लक्षित रहेको छ । मिस तथा मिस्टर बिस्वकर्मा २०१७ को भदौ पहिलो साता बाट कोरियोग्राफी ट्रेनीङ सुरु गरिने र असोज १ गते बिश्वोकर्मा पुजा को दिन बिजेता घोषण गरिने साथै राष्ट्रिय टेलिभिजन बाट प्रत्यक्ष प्रसारण सहित समापन गरिने कुरा यस प्रतियोगिताका संयोजक तथा एभेण्ट म्यानेजर राज बराइलीले न्युजलाई बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु