सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

शंखपार्कमा शारिरीक सुगठन केन्द्र खालिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ श्रावण २८ गते, शनिबार ०४:३३

साउन २८, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको ४ नं वडाको रहेको शंखपार्कमा आधुनिक सम्पन्न वालक ताथा जेष्ठ नागरिक लगायत सवै ै उमेर समुहका लागि सुविधा सम्पन्न शारिरीक सुगठन केन्द्र खोल्ने महानगरपािलकाका प्रमुख विद्या सुन्दर शाक्यले बताउनु भएको छ ।
आज प्रमुख शाक्यले कामनपा ४ नं वडा अन्तर्गत नँया कोलनी मार्ग, कृष्ण गल्लीनजिक रहेको सार्वजनिक पाखो जग्गामा बृक्षारोपण गर्दै सो कुरा बताउनु भएको हो ।
यसैगरी प्रमुख शाक्यले यसपालि महानगरले बजेट बनाउँदा े नीति तथा कार्यक्रममा पनि हरियालीलाई प्रबद्धन गर्ने नीति ल्याएको बताउनु भयो । सोही अनुरुप महानगरले शहरको हरियाली कायम राख्न यस्ता खालका सार्वजनिक जग्गामा क्रमशःबृक्षारोपण गरिदै लाने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवकृष्ण खरेलले महानगरपालिकाले यस्ता सार्वजनिक पाखो जग्गामा बृक्षारोपण गरि महानगरको हरियाली समृद्ध गरि वातावराण स्वच्छ बनाउनु पर्ने बताउनु भयो ।आफुले पनि हरियाली कायम राख्न काठमाडौं महानगरपालिकालाई सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा कामनपा ४ नं वडाका वडाध्यक्ष मोहन बहादुर बिष्टले वडाले अव वडामा रहेका यस्ता सार्वजनिक प्रति जग्गा खोजि खोजि त्यस जग्गमा बृक्षारोपन गरिने बताउनु भयो ।
कार्यक्रमममा वडाका जेष्ठ नागरिक कीर्तनकृष्ण भटटराई लगायत राजनीतिक दलका दलीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई कामनपा ४ न. वडा कार्यालय, टँुडालदेवी सामुदायिक प्रहरी सेवा केन्द्र, नेप्सेम्याक सेवा प्रा.लि। लगायतले सहयोग पुन्याएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु