भाद्र ३ गते । काठमाडौं । काठमाडौं महानगरपालिकाले “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष “ मा ३९ लाख रुपैयाको चेक प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रदान गरेको छ ।
म्हानगरपालिकाले महानगरको तर्फबाट रु २५ लाख र महानगरमा कार्यरत कर्मचारीको एक दिनको तलब वापत रु १४ लाख गरी कुल ३९ लाख रुपैया प्रधानकन्त्रीको राहत कोषमा जम्मा हुने गरि हिजो महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य उपप्रमुख हरि प्रभा खडगै , महानगरपािलकाका कार्यकारी अधिकृत धनीराम शर्मा लगायतको एक प्रतिनिधि मण्डलले हिजो प्रधानमन्त्री समक्ष बालुवाटारमा सो चेक हस्तान्तरण गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिकाले मुलुकभर पहिरो , बाढी, र डुबानबाट प्रभावित सवै नागरिकको साथमा रहेको बताउँदै प्राकृतिक विपत्तिबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेको छ ।