ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

नेपालको प्रजातान्त्रिक आन्दोलनमा त्रिचन्द्र क्याम्पस भूमिका सराहनीय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ भाद्र ६, मंगलवार १५:०७

भदौ ६, काठमाडौं । प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा त्रिचन्द्र क्याम्पस भूमिका सराहनीय रहेको बताउनु भएको छ ।
हिजो त्रिचन्द्र बहुमुखी क्याम्पसको शतवार्षिकी समारोहलाई त्रिचन्द्र क्याम्पसको परिसरमा भएको कार्यक्रमलाई स्म्बोधन गर्दै प्रमुख अतिथी प्रधानमन्त्री देउवाले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री देउवाले आफु पनि सोही क्याम्पसको पुर्व विद्यार्थी भएकाले अध्ययनको क्रममा पुलिसले पटक पटक आफुलाई गिरप्तार गरेको स्मरण गर्नु भयो ।
कार्यक्रममा प्रधानमन्त्री देउवालाई सोही क्याम्पसको पूर्व विद्यार्थीको नाताले क्याम्पस प्रमुख प्रदीय बहादुर नेउपानेले क्याम्पसको तर्फबाट सम्मान गर्नु भएको थियो ।
काठमाडौं एैतिहासिक राणीपोखरी र घण्टाघरको परिससरमा रहेको नेपालको उच्च शैक्षिक संस्थाको सबेभन्दा पुरानो संस्था त्रिचन्द्र क्याम्पसको स्थापना तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेर जवराले सन १९१८ मा स्थापना गरेका थिए ।
कार्यक्रममा त्रिचन्द्र क्याम्पसमा बी.ए सम्मको अध्ययन गर्नु भएका संस्कृतिविद तथा शताब्दी पुरुष सत्य मोहन जोशी लगायत क्याम्पसका मेधावी छात्र तथा बरिष्ठ प्राध्यपकहरुलाई प्रमुख अतिथी प्रधानमन्त्री देउवाले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा पुर्व मन्त्री रामशरण महत, नवीन्द्र राज जोशी, शंकर भण्डारी तथा काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको पनि उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु