मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

काठमाडौं महानगरपालिकामा तीज कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ भाद्र ७ गते, बुधबार ११:१३

भाद्र ७, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिकामा कार्यरत महिला कर्मचारीहरुलाई विशेष शुभकामना दिंदै तीज पर्व विवाहित महिलाहरुले आफना पति तथा परिवारको दीर्घायुको कामना गर्दै मनाइने पर्व भएको बताउनु भयो ।
आज यो वर्षको हरितालिका तीजको अवसरमा काठमाडौं महानगरपािलकाद्धारा राजधानीको राष्ट्रिय सभा गृहमा महानगरपालिकाकी उप मेयर हरि प्रभा खडगी श्रेष्ठले महानगरपालिकामा कार्यरत महिला कर्मचारीहरु ीवच आयोजित हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रममा महानगरपािलका प्रमुख शाक्यले सो कुरा बताउनु भएको हो ।
यसैगरी कार्यक्रममा बोल्दै उपप्रमुख हरि प्रभा खडगीले महिला कर्मचारीहरुलाई तीजको शुभकामना दिंदै आफना आमा बुवा नभएकोले महानगरपािलकाका प्रत्येक महिला कर्मचारी आफना आमा भएको बताउंदै अव हरेक वर्ष महानगरपालिकाले तीजको कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा महानगर प्रमुख शाक्य र उपप्रमुख हरि प्रभाले महानगरमा कार्यरत महिला दिदी बैनीहरुलाई तीजको उपहार प्रदान गर्नु भएको थियो ।
महानगरपालिकाकी उपमेयर हरि प्रभा खडगी श्रेष्ठको सभापतित्वमा भएको सो विशेष तीज कार्यक्रममा महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम शर्मा लगायत महानगरपािलकामा कार्यरत महिला विभागीय प्रमुख अर्चना शाक्य ,महिला अधिकृत कर्मचारी तथा अन्य विभिन्न विभागमा कार्यरत महिला कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
परापुर्व कालदेखि हिन्दु नारीहरुले मनाउने तीज पर्व मुख्यत भाद्र शुक्ल द्धीतिया देखि पन्चमीसम्म चार दिन मनाउने गरिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु