वडा नं १५ परिसर स्यम्यभ्यूमा आकासेपानी संकलन तथा शुद्धिकरण तथा अपाडंमैत्री प्रवेशद्धार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ भाद्र १८ गते, आईतवार ०७:१२

भाद्र १८, काठमाडौं ।काठमाडौं महानगरपािलकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिकाको मातहतमा बन्ने सबै भवन अव अपाङमैत्री हुने बताउनु भएको छ ।काठमाडौं महानगरपािलका वडा नं १५ परिसर स्यम्यभ्यूमा आयोजित अपाङमैत्री च्ब्ःए आकासेपानी संकलन तथा शुद्धिकरण तथा अपाडंमैत्री कार्यक्रमको उदघाटन् गर्दै महाननगरपािलका प्रमुख शाक्यले सो कुरा बताउनु भएको हो । यसैगरी प्रमुख शाक्यले महानगरले आगामी दिनमा महानगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा खोजी गरि त्यसलाई उपयोगी बनाई पार्टी पौवा, जेष्ठ नागरिकको मनोरन्जन केन्द बनाउने योजना समेत रहेको महानगरबासीलाई जानकारी गराउनु भयो ।कार्यक्रमको उदघाटन पछि महानगरपालिका प्रमखु शाक्यलाई आकाशेपानिी संकलन अभियानका योजनाकार प्रकाश अमात्यले आकाशेपानी संकलनको प्राविधिक पक्ष, यसको संकलन गर्ने तरिका तथा पानिको शुद्धिकरण गर्ने तरिका बारे जानकारी गराउनु भएको थियो ।सोहि कार्यक्रमलाई सम्बोधन गर्दै कामनपा १५ वडाका वडाध्यक्ष इश्वरमान डंगोलले आफुले जन प्रतिनिधिको रुपमा गत जेष्ठ १७ गते शपथ ग्रहण तथा पद बहाली गरेकै दिन १ नं बँुदामा अपाड. मैत्री कार्य गर्ने घोषणा अनुरुप महानगरपालिकाको ३२ वटा वडा मध्यै पहिलो वडाको रुपमा आजको आफनो वडामा अपाङमैत्री च्ब्ःए आकासेपानी संकलन तथा शुद्धिकरण कार्यक्रमको थालनी भएको बताउनु भयो ।कार्यक्रममा बोल्दै आकाशेपानी संकलन अभियानका योजनाकार प्रकाश अमात्यले करिव दुई लाखको लगानीमा बनेको यस योजना अन्तर्गत अब वडामा दैनिक आउने करिव दुई सय जना सेवा ग्राहीलाई दैनिक खानेपानीको समस्या नहुने बताउँदै यस खालको प्रयोग सबैले आ आफनो घरघरमा गर्न सक्ने समेत बताउनु भयो ।कार्यक्रममा बोल्दै सामुदायिक स्वास्थ्य सेवा परिषदका १५ वडाका अध्यक्ष हरि गोपाल श्रेष्ठले यस वडामा आफुहरुले संचालन गरेको स्वास्थ्य सेवामा बालवािलक, अपाडं. तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क उपचारको सेवा प्रदान गरिने बताउनु भयो ।कार्यक्रममा महानगरपालिकाका १८ वडाका वडाध्यक्ष न्हुछेकाजी महर्जन, विपद व्यवस्थापन विभागका विभागीय प्रमुख इन्द्रमान सिंह सुवाल, शहरी सुव्यवस्था विभागका बरिष्ठ अधिकृत गणेश थपलिया हनुमान ढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदय पसखल लगायत स्थानीय बुद्धिजीवि तथा वडा वासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु