दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

सार्थक अभियानको प्रथम साधारण सभा सम्पन्न ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ भाद्र २५ गते, आईतवार ०७:३२

भाद्र २५, काठमाडौं। मानव अधिकार सुसाशन र विकास हाम्रो शान सामाजिक दायित्व बोधको लागि सार्थक अभियान भन्ने मुल नारा सहित प्रथम साधारण सभा समपन्न भएको छ ।

प्रथम साधारण सभामा अतिथीहरुलाई संस्थाकी उपाध्यक्ष माँया गुरुड.ले स्वागत गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रम बारे जानकारी गराउँदै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति भरत कुमार गौतमले समाजमा रहने यावत समस्यालाई समय सापेक्ष समाधान तर्फ निरन्तर लाग्नुनै सार्थक अभियानको उद्येश्य भएको बताउनु भयो ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी योजना आयोगका पुर्व उपाध्यक्ष दिनेश देवकोटाले सार्थक अभियान संस्थालाई शुभकामना दिंदै समस्या परेका बेला अभियानलाई सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथी अष्ट ज अभियान नेपालका केन्द्रीय अध्यक्ष
लोककृष्ण भटटराई,ऐक्यबद्धता मासिकका अध्यक्ष नीलकण्ठ तिवारी, प्राध्यापक विनोद कुमार विश्वकर्मा , प्राध्यापक निरन्जन कोइराला,प्राध्यापक बालकृष्ण अर्याल,केदार सिलवाल, उत्तम कुमार शमा,गोपाल प्रसाद विके, नमराज गुरुङ्र्ग लगायतले संस्थालाई शुभकामना दिंदै आर्थिक क्रान्तिको लागि सार्थक अभियानले गर्ने प्रयासमा आफुहरुले ऐक्यबद्धता जनाउने बताउनु भयो ।
कार्यक्रमलाई समापन गर्दै अध्यक्ष भरत कुमार गौतमले सार्थक अभियानले काभ्रेको पनौतिमा नर्सरी उत्पादन शुरु गरि सकेको बताउनु भयो ।कार्यक्रममा नीर श्रेष्ठ र जगत बहादुर गुरुड.लाई संस्थाको संरक्षक र कार्यक्रममा उपस्थित सवै अतिथिहरुलाई सल्लाहकार बनाइएको घोषण गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु