रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

आठौं संसकरणको मेड इन पािकस्तान प्रदर्शनी काठमाडौंमा शुरु ः

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ भाद्र २९, बिहीबार ०७:१८

काठमाडौं, भाद्र २९ ,पाकिस्तानमा निर्मित विभिन्न सामग्रीहरुको को प्रदर्शनी हिजो काठमाडौको त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरको शुरु भएको छ ।
कार्यक्रमको उदघाटन् गर्दै वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले नेपाल र पाकिस्तानबीच दोत्य सम्बन्ध तथा जनस्तरलाई यस खालको प्रदर्शनीले अझ सुदृढ बनाउने बताउनु भयो ।
यसैगरी सोही कार्यक्रममा बोल्दे नेपाल सरकारका मुखय सचिव राजेन्द किशोर क्षेत्रीले सार्कको संस्थागत सदस्य भएको नाताले नेपाल र पाकिस्तानबिचको व्यापार प्रबद्धनलाई बढाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सम्बेधन गर्दै नेपालका लागि पाकिस्तानका महामहिम राजदूत मजहर जाभेदले सार्क मुलकका दुवै सदस्य राष्ट्र नेपाल र पाकिस्तानमा हुने यस खालका प्रदर्शनीले दुई देशबिचको सम्बन्ध अझ मधुर हुने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दे नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक समाजको अधक्ष हिमालय शम्शेरले प्रदर्शनीको सफलताको कामना गर्नु भयो ।
सो प्रदर्शनीको वाणिज्य मन्त्री विश्वकर्मा र नेपालका लागि पाकिस्तानका महामहिम राजदूत मजहर जाभेदले संयुक्त रुपमा गर्नु भएको थियो ।
प्रदर्शनी आगामी एक साता सम्म चल्ने आयोजक संस्था मेड इन पाकिस्तानले जनाएको छ ।
नेपाल र पाकिस्तानबिच सन १९६० मा कृतनिितक सम्बन्ध स्थापना भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु