डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

म्यांमारको मान्डेलामा आर्यहरुको भेला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ आश्विन २७ गते, शुक्रबार ०३:३९

पुर्वी एशियाली देश म्यांमारको पुरानो राजधानी तथा एैतिहासिक शहर मान्डलेमा गत अक्टुवर ६,७ र ८,२०१७ मा अन्तराष्ट्रिय आर्य महासम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा भारत, नेपाल, अष्टेलिया, न्यजिल्याण्ड, मरिशस,फिजी , सिंगापुर , बंगलादेश, क्यानाडा, अमेरिका आदि देशबाट आएका प्रतिनिधले भाग लिएका ‘।


सम्मेलनको शुरुमा त्यँहाका स्थानीय कलाकारहरुले म्यानमारको राष्ट्रिय गीत प्रस्तुत गरेका थिए ।
बर्माको एैतिहािसक नगरी मान्डेलामा सम्पन्न भएको सो सम्मेलनमा भारतका सन्त योगी र सन्यासी गणले भाग लिएका थिए । सम्मेलनमा भारतको ओडशा राज्यको नुआपडा जिल्लामा विगत लामो समय देखि महाविद्यालय गुरुकुल आश्रम आमसेना संचालन गर्दै आउनु भएका तपस्वी स्वामी धर्मानन्द सरस्वतीले आर्य समाजले समाजलाई सुधारेर काम गर्नु पर्ने बताउँदै पवित्र म्यानमारको भूमिलाई आर्य भुमि बनाउनु पर्ने बताउृनु भएको थियो ।


स्मरणीय यो छ कि ओडिशामा लामो समय देखि रहि महाविद्यालय गुरुकुल आश्रम आमसेना संचालन गदै आउनु भएका स्वामी धर्मानन्द सरस्वतीको पहलमा गुरुकुल आश्रम आमसेनाको स्वर्ण जयन्ती महोत्सव आगामी डिसेम्बर २३, २४ र २५ , २०१७ (पौष ८,९,१०,२०७४ )मा महाविद्यालय गुरुकुल आश्रम आमसेनाको परिसरमा हुने भएको छ ।सो सम्मेलनमा भारतका प्रसिद्ध योगगुरु स्वामी रामदेव, आचार्य बालकृष्ण, एमडीएच मसालाका प्रमुख महाशय धर्मपाल लगायतको उपस्थित िहुने स्वामी धर्मानन्द सरस्वतीले बताउनु भएको छ ।


सम्मेलनमा भारतका सांसद सुमेदानन्द सरस्वती,आचार्य ज्ञानेश्वर, बह्मचारी नन्द किशोर आर्य, आर्य प्रतिनिधि सभा न्यजिल्याण्ड बाट हरिश सचदेवा ,नेपाल आर्य समाज केन्द्रीय कार्यालय काठमाण्डौबाट नमराज ढकाल लगायत विभिन्न देशबात आएका प्रतिनिधिहरुले आ आफनो देशको तर्फबाट मन्तव्य राख्दे सम्मेलनको सफलताको कामना सहित शुभकामना व्यक्त गरेका थिए ।


यसैगरी सम्मेलन अवधिभर हरेक विहान ६ बजे दिेख ७ बजेसम्म देबब्रत सन्यासीले प्राणयम र योगासनको अभयास गराएका थिए । विभिन्न चरणमा कार्य विभाजन गरिएको सो सम्मेलनमा विभिन्न विद्यानहरुले आ आफनो कार्यपत्र समेत प्रस्तुत गरेका थिए । सम्मेलनमा आगामी अन्तराष्ट्रिय आर्य महासम्मेलनम भारतको राजधानी नई दिल्लीमा आगामी वर्ष अक्टेबरमा गर्ने समेत निर्णय गरिएको छ ।


यसै सम्मेलनमा विशेष गरि भजनको कार्यक्रम पनि राखिएको थियो । भजन कार्यक्रम अन्तर्गत स्थानीय कलाकार संगसंगै देश विदेशबाट आएका भजनोपदेशकहरुले विभिन्न आर्य भजन प्रस्तुत गरेका थिए । यसैगरी सो सम्मेलनमा नेपाल आर्य समाज केन्दीय कार्यालय बाट सम्मेलनमा भाग लिन जानु भएका कलाकार तथा पत्रकार किशार कुमार सेढाई आर्य भजन संगै नेपाली गीत फुलको आँखामा फुल्े संसार बोलको गीत प्रस्तत गर्नु भएको थियो ।
हिन्दुहरुको राम्रो प्रभाव रहेको म्यानमारमा करिब एक सय २०वर्ष अघि आर्य समावको स्थापना भएको थियो भने हाल बर्मा भरि करिव एक सय आर्य समाजको संस्था रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु