एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

नेपाल अपाङ्ग महिला संघमा निर्मला धितालको अध्यक्षतामा नयाँ कार्यसमिति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक ११ गते, शनिबार ०५:२३

१० कार्तिक २०७४, शर्मिला विश्वकर्मा, काठमाण्डौं
नेपाल अपाङ्ग महिला संघको १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशन काठमाण्डौंमा सम्पन्न भएको छ ।
सो साधारण सभा एवं अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं काठमाण्डौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो ।
यसै क्रममा उहाँले काठमाण्डौंमहानगर पालिकाका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुको लागि गरिने कार्यक्रमका लागि बजेट छुट्याउने बताउदै अपाङ्गता मैत्री थप साझा बस ल्याउने बताउनु भयो ।

नेपाल अपाङ्ग महिला संघको १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशनले निर्मला धितालको अध्यक्षतामा २ जना सदस्य थप गर्ने गरी हाललाई ७ जनाको नयाँ कार्य समिति चयन गरेको छ ।

जसमा उपाध्यक्षमा कमला बुढाथोकी, महासचिवमा मिना पौडेल, कोषाध्यक्षतमा अनिता घिमिरे चयन हुनु भएको छ भने सदस्यहरुमा मैया लमसाल, शोभामाया वि.क. र लक्ष्मी देवकोटा रहनु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु