एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

काठमाण्डौ महानगरपालिकाले नँया निर्माणा गर्ने भवन सम्पदा र संस्कृति मैत्री हुने ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक १४ गते, मंगलवार १६:०१

 

कार्तिक १4, काठमाण्डौ महानगरपािलकाले हाल महानगरपालिकाको कार्यालय रहेको बागदरवार बागदरबावर नभई हरि भवन रहेको बताएको छ ।
आज राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार भेटभाट कार्यक्रममा बोल्दै महानगरापलिकाका प्रमुख विद्या सुन्दर शाक्यले सो कुरा बताउनु भएको हो ।

यसैगरी महागर प्रमुख शाक्यले महानगरपािलकाको कार्यालय बागदरबार परिसरमा रहेपनि बागदरबार नभएको उनले जानकारी दिए। ‘महानगरपालिकाको कार्यालय रहेको भवन हरी भवन हो जुन बागदरबार परिसरमा अवस्थित छ ’ उनले भने ‘बागदरबार त धेरै अघि भत्किसकेको थियो ।’ महानगरपालिकाको भवन जुद्ध समशेरका छोरा हरी शमसेरले बनाएको तथ्य समेत फेला पारेको उनले दावी गरे । ‘हामीले भेट्टाएको इट्टामा जुद्ध शमसेर १९९१, १९९२ लेखिएको छ ’ उनले भने ‘यसले हरी भवन ९० साल पछि बनेको पुष्टि हुन्छ ।’ १ सय बर्ष नपुगेको भवनलाई पुरातात्विक नमानिने शाक्यले बताए । प्राचीन स्मारक स.रक्षण ऐनलेनै १ सय बर्ष नपुगेको भवनलाई पुरातात्विक नमान्ने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले हाल महानगरपालिकाको पुरातत्व विभागसँग विवाद नरहेको पुष्टि गरे । शाक्यका अनुसार हाल पुरातत्वसँग छलफलको क्रममा छ । साथै हालको महानगरपालिका कार्यलय परिसरमा राणकालिन, मल्लकालिन र आधुनिककालिन संरचनाको फ्युजन गरेर नयाँ भवन निर्माणको प्रक्रिया थालेको जानकारी दिए ।

महानगरपालिकाको महानगरपालिकाले ऐतिहासिक मौलिकता तथा लिच्छविकालिन परम्परागत शैलीलाई कायम राख्दै नयाँ भवन बनाउन लागेको हो । जसअनुसार एउटा भवन हालको हरी भवनकै डिजाइनमा तयार गरिने छ । मोहडाको पहिलो भाग ३ तत्लाको हुने छ । यो ब्लकको भित्रि फिनिसिङ पनि हरीभवनकै पौराणिक शैलिमा तयार गरिने छ ।
सो भवन निर्माणको प्रस्ताव हाल कार्यपालिका बैठकमा छलफलको क्रममा रहेको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । प्रस्ताव पास भएपछि काम शुरु गरेको ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य महानगरपालिकाले राखेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु