रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

काठमाण्डौ महानगरपालिकाको २१ वडाबाट राष्ट्रिय भिटामिन ए कार्यक्रमको शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक १६, बिहीबार ०५:४२

कार्तिक १६, काठमाण्डौ ।काठमाण्डौ महानगरपालिकाको २१ वडाबाट राष्ट्रिय भिटामिन ए क्यापसुल खुवाउने कार्यक्रमको शुभारभ्म भएको छ ।
आज विहान २१ वडामा रहेको श्री गणेश युवा क्लबमा आयोजित एक कार्यक्रमबिच काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले पाँच वर्ष मुनिका बालिकाकालाई भिटामिन क्यासुल खुवाई कार्यक्रमको शुभारम्भ गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले महानगरपालिका भित्र कुने बालवालिका बिरामी नहुन सवै बालवालिका स्वस्थ्य हुन भन्ने उदेश्यका साथ विगत दुई दशक देखि काठमाण्डौ महानगरपािलकाले यस खालको कार्यक्रमको शुरुवात गरेको बताउनु भयो ।


कार्यक्रम बोल्दे २१ नं वडाका वडाध्यक्ष उदय चुडामणी बज्राचार्यले आफनो वडाबाट यस खालको कार्यक्रम शुभारम्भ भएकोमा वडावासी लगायत महानगरपािलकामा कार्यत्ररत महिला स्वास्थ्य स्वमं सेविकालाई धन्यवाद दिुनु भयो ।
कार्यक्रममा २१ नं वडाका वडा सचिव सुनिल राजोपाध्याय , महिला स्वास्थ्य स्वयं सेविका सुचिता शाक्य, मनिषा महर्जन लगायत अरु महिला स्वास्थ्य स्वयं सेविका र वडावासीहरुको उल्लेख उपस्थिति रहेको थियो ।


२१ नं वडास्थित श्री गणेश युवा क्लबमा भएको सो कार्यक्रमको आयोजना काठमाण्डौ महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखाले े गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु