पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

महानगरपालिकाको नँया एप्स Kathmandu Metro

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक २० गते, सोमबार १०:३४

कार्तिक २०, काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाको सुचना प्रविधि विभागले आज देखि महानगरपािलकाको नँया मोबाइल एप्सको महानगरको सूचना प्रविधि क्षेत्रको प्रयोगमा भित्राएको छ ।
सो मोबाइल एप्सको आज एक कार्यक्रमबिच काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मोबाइलमा क्लिक गरि उदघाटन गर्नु भयो ।
सो उदघाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले क्ष्त् को यस युगमा आफुले महानगर्रको बजेटमा पनि यस खालको सूचना प्रविधिलाई स्थान दिने बताउनु भयो ।
यसैगरी प्रमुख शाक्यले विगत लामो समय देखि काठमाण्डौ महानगरपािलकाद्धारा संचालित मेट्रो एफ.एममा कार्यरत संचार कर्मीहरुलाई पनि आ—आप्नो स्थानबाट सूचना प्रविधि मैत्री भएर अघि बढन अनुरोध गर्नुृ भयो ।
त्यसैगरी कार्यक्रमा बोल्दै उप प्रमुख हरि प्रभा खडगी श्रेष्ठले अरु संचार क्षेत्रको दाँजोमा महानगर पािलका पछि परेको उल्लेख गर्दै महानगरका जनताले घरमै बसि सवै सुचना आफनो मोबाइलबाट पाउने व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
सोहि कार्यक्रममा बोल्दै महानगरपालिकाका कायृकारी अधिकृत धनीराम शर्माले संसारमै प्रविधि विकास छिटो छिटो भएको यस युगमा महानगरले ढिलै भए पनि यो एपस ल्याएकोमा यसको महत्व उल्लेखनीय रहेको बताउनु भयो ।
यो मोबाइल एप्सलाई  IT -WORLD Pvt. Ltd. प्रयोगमा ल्याएको छ ।
कार्यक्रममा महानगरपािलका सुचना तथा प्रविधि विभागका प्रमुख नरेन्द बिलास बज्राचार्य लगायत वडाध्यक्षहरुको उपस्थिति रहेको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु