तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

प्रदर्शनीले दुई देश बिचको सम्बन्ध प्रगाढ बनाउने —प्रमुख काठमाण्डौ महानगरपालिका ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक २४, शुक्रबार ०९:१२

 

 

कार्तिक २४, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगर भित्र रहेका एैतिहासिक सम्पदाहरुलाई प्रबद्धन गर्ने बताउनु भएको छ ।
आज काठमाण्डौमा सिन्हवा समाचार संस्था र चीन मोबाइल टिबेट कम्पनीले आयोजना गरेको डिजिटल प्रदर्शनीको कार्यक्रमको उदघाटन गर्दै प्रमुख शाक्यले सो कुरा बताउनु भएको हो ।
सोही कार्यक्रममा बोल्दे प्रमुख शाक्यले दुइ देश विच आयोजना हुने यस खालका प्रदर्शनीहरुले े दुई देश विच रहेको सम्बन्ध अझ प्रगाढ बनाउने बताउनु भयो ।
सोही कार्यक्रमको एक प्रसङ्गमा बोल्दै प्रमुख शाक्यले रानी पोखरीको निर्माणमा विवाद आए पनि काठमाण्डौ महानगरपालिकाले रानी पोखरीको सम्पदा संरक्षणको लागि प्रयास गरि रहेको बताउनु भयो ।
त्यसैगरी प्रमुख शाक्यले महानगरपालिकाको कार्यालय रहेको भवन रहेको बाग दरवार नभएर हरि भवन रहेको र त्सो ठाँउमा नँया भवन े निर्माणको लागि डिजाइन तयार भएको र महानगरले सो स्थानमा निर्माण गर्न लागेको नँया भवनमा महानगरले तीन वटै युगको प्रतिनिधित्व हुने राणाकालीन ,मल्लकालीन र आधुनिक ढाँचाको भवन निर्माण गर्ने समेत बताउनु भयो ।


यसैगरी सो प्रदर्शनी कार्यक्रममा बोल्दै सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगीता थापाले यस खालको डिजिटल प्रदर्शनी नेपालमा पहिलो पटक भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्मा, नेपाल ललित कला एकेडेमीकी कुलपति राघिनी उपाध्याय, काठमाण्ठौस्थित चीँनिया दूतावासका सांस्कृतिक सचिव जाङ्ग पिङ्ग लगायतले प्रदर्शनीको सफलताको कामना गरेका थिए ।कार्यक्रममा काठमाण्डौस्थित सिन्हवा समाचार संस्थाका ब्युरो प्रमुख चाउ से पिङ्गले पनि यस खालको प्रर्दशनीले दुई देश बिचको सांस्कृतिक सम्बन्ध अझै प्रगाढ र सुमधुर हुने बताउनु भयो ।
कार्यक्रम पछि महानगर प्रमुख शाक्य लगायत अरु अतिथिीहरुले े डिजिटल प्रदर्शनीको अवलोकन समेत गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु