शन्दिपले लिए पाँचौ विकेट , नेपाल जित नजिक (फोटो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक २५ गते, शनिबार ०९:५५

काठमाडौं । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई पाँचौ झड्का लागेको छ । नेपालका स्टार स्पिनर शन्दिप लामिछाने अमिनुल स्लामलाई लाई शून्य रनमा एलबीडब्लू धरापमा पार्दै नेपाललाई पाँचौं सफलता दिलाएका हुन् । अब नेपाल जित तर्फ अगाडि बढेको छ । ताजा अवस्थामा बंगलादेशले ३६ अोभरमा ५ विकेट गुमाएर १४५ रन बनाएको छ । अब खेल जित्न उसलाई ४ अोभरमा ३६ रन चाहिएको छ ।


बंगलादेशी अोपनर नहिम शेख र पिनाक घषले पहिलो विकेटको लागि ४७ रनको साझेदारी गर्दै टिमको लागि राम्रो सुरुवात गरेका थिए । पिनाक घषले २४ रनमा कमल सिंह एेरिको सिकार भए । त्यस्तै नहिम शेखले ५२ टाउहिड हार्डीले १५ अफिफ हशनले १६ रन बनाए ।

यसअघि टस हारे पहिलो ब्याटिङ गरेको नेपाल बंगलादेशसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ४०.१ ओभरमा ६ विकेटको क्षतिमा नेपालले १६७ रन बनाए पछि बर्षाले खेल रोकिएको थियोे । डक वर्ड लुईस मेथड अनुसारले बंगलादेशले नयाँ लक्ष्य पाएको हो । नेपालको लागि भिम सार्की र रोहित कुमार पौडेलले पाँचौ विकेटको लागि ७९ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक स्कोर तर्फ अगाडि बढेको थियोे । भिमले सर्वाधिक ४४ रन तथा रोहित ४० रन बनाएर अाउट भए ।

यसअघि नेपालको लागि जितेन्द्र सिंह र असिफ शेखले पारिको सुरुवात गरेका थिए । उनिहरुले पहिलो विकेटको लागि २५ रनको साझेदारी गरे । १९ बल खेलेका जितेन्द्र ब्यक्तिगत ६ रनमा हशन महमुदको बलमा क्याच अाउट हुन पुगे । त्यसपछि ब्याटिङ गर्न अाएक अलिन कुमार शाहले पनि अाक्रमक पारि खेले । २२ बल खेलेका अनिलले ३ चौका र १ छक्काको मद्धतले १९ रन बनाउँदै नहिम हशनको बलमा स्लिपमा क्याच अाउट हुन पुगे । अर्का अोपनर असिफ शेख पनि ३० रनमा अाउट भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु