दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गोरखामा खुल्यो साधना लघुवित्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर ३ गते, आईतवार २०:५१

 

गोरखा, ३ मंसिर ।गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा साधना लघुवित्तवित्तीय संस्था लिमिटेडको आज एक समारोहका विच नेपाल राष्ट्रबैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीले समुद्घाटन गर्नुभयो । सो समुद्रघाटन समारोहमा वोल्दै श्री रेग्मीले ग्रामीण क्षेत्रमा वित्तीय पहँुच पु¥याउन कालागि वित्तीय संस्थाहरुले लक्ष्यमा रहेर काम गर्नुपर्ने बताउदै उहाँले वित्तीय संस्थाको मूल लक्ष्य सबै जनतालाई बैकिङ पहुँचमा पु¥याउने हुनुपर्ने बताउनुभयो । ग्रामीण क्षेत्रको उत्पादनलाई आर्थिक विकासमा रुपान्तरणगर्नका लागि वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।ग्रामीण क्षेत्रमा उद्यमशिलताको विकास, पर्यटनको प्रर्बद्धनका लागि वित्तीयसंस्थाले लगानी गर्नुपर्ने कुरामा समेत उहाँले बताउनुभयो ।
नेपालको गरिबी निवारणका लागि लघुवित्त संस्थाले महत्वपूर्ण काम गरिरहेकोवताउँदै लघुवित्तहरुलाई गाउँ घर केन्द्रित भएर कारोवार गर्न आग्रह समेतगर्नुभयो । उहाँले नेपाल अवसरै अवसरको देश भएकोले युवाहरु रोजगारीकालागी विदेशिनु नपर्ने तर यहाँ भएको अवसरलाई प्रयोग गरी उद्यमशिलताको विकासमा जोड दिनुपर्ने औंल्याउनुभयो ।


त्यस्तै कार्यक्रममा बोल्दै सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारीअधिकृत राजेन्द्र प्रसाद पौडेलले गोरखावासीहरुको क्रियशिलतामा स्थापित यसवित्तीय संस्थाले पिछडिएका वर्गहरुमा वित्तीय साक्षरता प्रदान गर्दै ब्यवसायिकसफलताको लागि शुभकामना ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा गोरखा नगरपालिकाका उपमेयर श्री विना कुमारी श्रेष्ठले महिलाशशक्तिकरण गर्न र पूंजीको अभावमा ब्यवसाय शुरु गर्न नसक्ने समूदाय हरुलाई यस साधना लघुवित्त सहयोगी रहने विश्वास ब्यक्त गर्दै ग्रामिण क्षेत्रमा दिगो विकास गर्न सक्षम होस् भनी सफलताको शुभकामना ब्यक्तगर्नुभएको थियो ।


त्यसैगरी प्राइम कमर्सियल बैंकका सञ्चालक श्री नवराज बजगांई, नेपालब्रोकर एसोसिएसनका अध्यक्ष श्री प्रिय राज रेग्मी, गोरखा जिल्लाको स्वास्थ्यक्षेत्रमा अतुलनिय सेवा पु–याउने श्री मोरिट मोडुलर, समाजसेवी श्री दिल वहादुर वस्नेतले वित्तीय संस्थाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रेशमन्यौपानेले स्वागत मन्तब्य राख्नुहुदैं वित्तीय संस्थाको पृष्ठभूमि र भावीयोजनाको वारेमा जानकारी गराउनु भएको थियो । उक्त समुद्घाटनकार्यक्रम वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष श्री कृष्ण वहादुर थापाकोअध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वित्तीय संस्थाकी वरिष्ठप्रवन्धक श्री सरिता ढकालले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु