आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

अपाड. मैत्री नेपालको पहिलो साधारण सभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर ३ गते, आईतवार १६:१९

 

मंसिर ३, काठमाण्डौ । अपाङ्ग मैत्री नेपालको पहिलो साधारण सभा सम्पन्न भएको छ ।
काठमाण्डौको भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा भएको पहिलो साधारण सभामा समदुघाटन गमलामा रहेको फुलमा पानी हालेर प्रमुख अतिथी काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले गनु भयो र सो समारोहमा बोलदै प्रमुख शाक्यले
मानव सेवानै धर्म भएको बताउँदै सपाडं मानिसले गर्ने भन्दा अपाङ्गता भएका हरुले समाजको विकासमा राम्रो काम गरेको बताउनु भयो ।
यसैगरी प्रमुख शाक्यले काठमाण्डौ महानगरपालिकाले आफनो सहकार्यमा संचालित साझा बसमा समेत अपाङ्गता भएका क र ख काड हरुलाई निशुल्क यातायतको व्ववस्ता गरको बताउनु भयो ।
कार्यक्रममा बोल्दै राजनीतिज्ञ तथा अपाङ्ग नीलकण्ठ पौडेलले आफुहरु प्रति सरकारले सदैव हेने दृष्टिकोण को बिषयमा आफुहरुको भोटचैं चल्ने तर सरकारी निकायको आफुहरुको विकासमा नोट नचल्ने बताउनु भयो । काठमाण्डौ महानगरलाई स्मार्ट सिटी बनाउन आफुहरु पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै अपाङ्ग एकता आवजका तिल बहादुर कार्कीले समाजमा अपाङ्गता भएर बाच्न साहै नै गाह्रो हुने बताउँदै समाज निर्माणमा अपाङ्गता हरुले पनि सहयोग गर्न सक्ने बताउनु भयो
बरिस्ठ अतिथि मा का.म.पा.५ का वडाअदक्षय रमेश डगोल ले समाजमा अहिले पनि आफ्नो परिवार मा अपाङ्गता भए पनि बाहिर न चिनाउने रहेको छ यस्तो कुरा बाहिर लिएर आउनु पयो र हामी यश क्षेत्रमा काम को लागि हातेमालो को हामी तयारीमा छु।
सोही कार्यक्रममा बिशेश अतिथि मा बोल्दै सार्थक अभियान नोपलका अध्यक्ष भरत गौतमले अपाङता प्रति भेदभाव नहोस भन्नका लािग आफुहरुले आफनो संस्था ले अपाङ्ग मैत्री बनाएको बताउनु भयो ।
कार्यक्रममा अपाङ्ग मैत्री नेपालले समाजमा योगदान गरेको शिवहरि खनाल, खडग बहादुर खडका, प्रवीण सुनाम, सन्तोष,दीक्षा चापागाईं,सुस्मालामा,बिमलाल श्रेष्ठ , युबराज थापा, यादव, गाविन्द बाँनिया र तिल बहादुर कार्कीलाई सम्मान गरेको थियो ।
यसैगरी आज सम्पन्न अपाङ मैत्री नेपालको साधारण सभा को नयाँ समितिमा अदक्षयमा काजीलाल श्रेष्ठ , सचिवमा अनुषा श्रेष्ठा ,कोषध्यक्षमा एलिसा श्रेष्ठ,र सदस्यहरुमा हरिमाया श्रेष्ठ र केदार बहादुर खडका निर्वाचित भएका छन

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु