जन्मदिनमा बोल्ड दीपिका

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर ४ गते, सोमबार १२:१२

नायिका दीपिका प्रसाइले बिहिबार केही फरक महशुश गरिन् । २१ बर्षसम्म उनले जन्मदिन मनाउँदै गर्दा उनीसँग आफन्त र साथीभाई मात्र हुन्थे । तर, २२ औं बर्षमा प्रवेश गर्दै गर्दा उनको जन्मदिन विशेष रह्यो ।

यस अगाडि उनको अगाडि चलचित्रकर्मी, पत्रकार उपस्थित हुन्थेनन् । तर, बिहिबार बेलुकी काठमाण्डौमा बढ्दै गएको चिसोमा केही हट हुँदै गर्दा दीपिका उत्साहित देखिइन् । दीपिकाले जन्मदिनको अनुभव साट्दै भनिन्–‘यसपटक मेरो जन्मदिन विशेष छ । कारण, यसपटक मसँग मिडियाकर्मी, फिल्मीकर्मी हुनुहुन्छ ।’उनले अब चलचित्र क्षेत्र नै आफ्नो सपना भएको बताइन् । चलचित्र ‘ऐश्वर्य’ हिट भएपछि उनको क्रेज पनि बढेको छ । सोही क्रेजलाई क्यास गर्दै अगाडि बढ्ने उनको भनाई छ ।

 

कार्यक्रममा दीपिकाले केक काटेर जन्मदिन सेलिव्रेशन गरिन् । उनीसँग चलचित्र ‘ऐश्वर्य’का नायक तथा निर्माता रमेश उप्रेती, निर्देशक दिवाकर भट्टराई, सह–निर्माता निर्मल शर्मा, निर्माता अर्जुन श्रेष्ठ पनि साथमा थिए ।सो अवसरमा चलचित्र ‘ऐश्वर्य’को सफल भएको उपलक्ष्यमा चलचित्रको टिमले केक पनि काटेको थियो । दीपिकाले अब आफूले राम्रो चलचित्रलाई स्विकारेर काम गर्ने बताइन् । मोडलिङ हुँदै चलचित्र क्षेत्रमा भित्रिएकी दीपिका अब चलचित्र बजारमा आफू पनि प्रतिस्पर्धामा उत्रिएको बताउँछिन् । उनले आफू अहिले सिंगल रहेको बताइन् । ८ कक्षामा पढ्दा नै एकसाथ २ केटाले मन पराएको उनले संझिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु