रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

सडकमा भेटिएको बम सेनाले डिस्पोज गर्‍यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर ७, बिहीबार ०७:४५

फिदिम :  पाँचथरसँग सीमा जोडिएको इलामको थाक्फोकथुम गाँउपालिकाको इम्ब्रीङ भन्ने स्थानमा भेटिएको बमलाई नेपाली सेनाको भैरबी दल गणको बम डिस्पोजल टोलिले डिस्पोज गरेको छ। पाँचथरको सप्तमी बजार नजिकै राँके रबी सडक खण्डमा राखिएको बमलाई सेनाले डिस्पोज गरेको भैरबी दल गणका गणपति सिवराम पन्तले जानकारी दिए।

सडकमा राखिएको बम स्थानीयले देखेर सुरक्षा निकायलाई खबर गरेपछि चुनाबका लागि खटिएको सेनाको टोली बम राखिएको स्थालमा पुगेर बम डिस्पोज गरेको हो। ‘घरेलु सामाग्रीमा विस्फोटक पदार्थ राखेर बम बनाइएको हो,’ गणपती पन्तले भने,‘बम विस्फोट हुन नपाउँदै सेनाले डिस्पोज गरेको छ।’

सडकमा बम भेटिएपछि चुनाबी प्रचारमा हिडेका प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बे सहितको टोली तीन घण्टा बाटैमा रोकिएको थियो। चुनाब हुन तीन दिन मात्र बाँकी रहदा पाँचथरको दक्षिणी क्षेत्र आवतजावत गरिने मुख्य सडकमै बम भेडिएपछि सर्वसाधारणहरु त्रसित बनेका छन् ।

यसअघि पनि सदरमुकम फिदिम बजार र हिलिहाङ गाँउपालिकाको चतुरे बजार नजिकै सडकमा भेटिएको बमलाई सेनाले निष्क्रिय पारेको थियो। निर्वाचन नजिकिदै जाँदा बम भेटिने क्रम रोकिएपछि सर्वसाधारणहरु त्रसित बनेका छन्। पटक पटक बम भेटिए पनि विष्फोट भएर क्षति भने हुन पाएको छैन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु