को हुन् त गायक सन्तोष बजगाई ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर ७ गते, बिहीबार ०६:३३

नुवाकोट जिल्ला बेलकोटगढि नगरपालिका ९ मा सामान्य परिवारमा जन्मीएका लोक दोहोरी गायक सन्तोष बजगाई सानै देखि अरु भन्दा फरक प्रतिभाका थिए । बच्चैदेखि संगीतप्रती चासो भएका सन्तोष कसैले ठुलो भएर के बन्छस् भन्दा म लोक गायक बन्छु भन्थे । लोकगित संगीतमा उनको रुचि एकदमै धेरै रहेको बताउ”छन् । त्यसैलेपनि आफुले यो क्षेत्रलाई नै राजाईको विषय बनाएं र यसमा जति खुसि अन्त पाउ”दिन भन्छन् उनि ।गाउकै विद्यालयबाट २०६७ सालमा एस.एल.सी र २०७० मा प्लस् टु सम्मको पढाई सकेर उच्चशिक्षाको लागि काठमाण्डौं छिरेका उन्ले अंग्रजि विषयमा स्नातक तह पुरा गरेका छन् भने हाल पत्रकारीतामा स्नातक अध्ययनरत छन् ।

पढाई लेखाई र गायनमा मात्र नभएर उनि अरु धेरै कुरामापनि अब्बल रहेका छन् । गाउमा छदा खेतीपाती, दाउरा, घास तथा गोरु जोत्ने, कोदाली खन्ने, सबै काम गरेका सन्तोष काम गर्न अल्छि लाग्दैन अरु केहि गर्न सकिन भने गोरु जोतेरै भएपनि जिवन चलाउन सक्छु भन्छन् । धेरै क्षेत्रमा कामको अनुभव भएका सन्तोषको विशेष पेशा चैं पत्रकारीता र गायन नै हो ।

सानैमा टुहुरो बनेका सन्तोषको बुबा र आमा दुबै छैनन् । ६८ सालमा बुबा बित्नु भयो त्यति बेलासम्म जिवनलाई केहि बुझेको थिईन त्यो घटनापछि एक्कासी धेरै कुरा बुझियो जिवनलाई आफैले अनुभव गरे भन्छन् उनि । गायक बन्न काठमाण्डौं छिरेका सन्तोष काठमाण्डौंमा पनि धेरै दुख थियो आफन्त धेरै भएरपनि एक्लो महशुस भयो साथ दिने कोहि भएनन् एक्लै संघर्ष गरे त्यो दिनहरु सम्झिंदा लगलग जिउ काप्छ ऐले त, मलिन अनुहारमा उनले बताए ।

७२ सालमा आमाको पनि बे्रन ट्युमर भएर मृत्यु भयो । धेरै उपचार गरियो कसैको केहि लागेन । आमाकोपनि मृत्यु भएपछि आफ्ना सबै सपना चक्नाचुर भएको र आफु यो दुनीयामा एक्लो भएको महशुस हुन्थ्यो । आमाको निधनपछि केही समय आफ्नो दिमागले समेत काम नगरेको र मर्ने सम्मको पनि सोचहरु आउथे मनमा तर सबै भनेजस्तो मात्र कहा हुदो रैछ र जिवन, पछि मन बुझाएं ।   त्यसपछिका हरेक समय आफुलाई दुख दिन मात्र आईरहेको महशुस हुन्थ्यो र आफुलाई काठमाण्डौ समेत बस्न मन नलागेर काठामण्डौं छोड्ने कोशिस त गरें तर सपनाको कारण त्यसो गर्न सकिन भन्छन्  सन्तोष ।

काठमाण्डौ छिरेदेखि झन धेरै दुख परेको जिन्दगी चलाउन निकै मुस्किल परेको थियो । काठमाण्डौ आएदेखि नै रडियोमा काम गर्ने भनि कामको खोजि गर्दै काठमाण्डौको ३/४ रेडियोहरुमा आफुले काम गरेको सन्तोष बताउछन् । पछि रेडियो सम्बन्धि थुप्रै तालिम लिएं र आफुलाई अब्बल बनाउन त्यसले ठुलै भुमिका खेल्यो । विशेष गरेर रेडियो उद्घोषण, भाषणकला, कम्यूटर, शिक्षण लगायतको तालिम प्राप्त गरेका छन् उनले । रेडियो प्राविधिक क्षेत्रमा उनको अझ धेरै दख्खल रहेको छ, आफुले जिवनमा हा“सिल गरेको विश्वविद्यालयको प्रमाणपत्र भन्दा सिटिईभिटि बाट प्राप्त रेडियो प्राविधिक प्रमाणपत्र धेरै ठुलो हो मेरो लागि, त्यसैले आफुले प्राप्त गरेको ज्ञान र प्रमाणपत्रको सम्मान गर्ने गरेकोपनि बताउ“छन् सन्तोष  ।

समाज सेवामा पनि औधि चासो राख्ने सन्तोष “दर्शक श्रोता नेपाल” नामक सामाजिक संस्थाको उपाध्यक्ष समेत रहेका छन् । हाल उनि सरकारी सञ्चार माध्ययममा कार्यरत छन् । आफु जस्तोसुकै परिस्थितीको समेत सामना गर्न पछि नहट्ने कारण नै जिवनमा धेरै दुख गरें दुखसंग डर लाग्दैन भन्छन् उनि ।

सांगीतिक क्षेत्रमा भने औपचारीक रुपमा आफनै प्रस्तुतीमा निकै कठिन संर्घषले “नुवाकोट रसुवा” मौलिक लोकदोरी गीत रेकर्ड गर्न सफल भए । त्यतीबेला मौलिक लोकदोरी गित बजारमा ल्याएर आफुले गित गाउने सपना पुरा गरेतापनि  अझै आफु गायक नभैसकेको बताउ“छन् सन्तोष । जे गर्नपनि पैसा नै अगाडि लाग्छ, त्यसैले त्यति सजिला छैनन् बाटाहरु । पैसा भनेको के हो मलाई जिन्दगिले राम्रोसंग बुझाएको छ यसको महत्व । म गरीब भएकोमा गर्ब गर्छु, किनभने धनी बाउको छोरो भएको भए म आज जिवनलाई यती धेरै बुझ्ने थिईन ।
सत्य र सुर्मागको बाटो हिड्नु पर्छ भन्दै बुबा बितेपछि माछा मासु समेत खान छोडेका सन्तोष धुम्रपान तथा मध्यपानमा आफ्नो ध्यान नगएको र आफु नफसेकोमा गर्ब गर्छन, अवका दिनमापनि यस्ता कुबाटोमा लाग्दिन भन्छन् उनि ।गएको तिजमा नारीलाई सम्मान गरेर उनले बजारमा ल्याएको “नारी त यस्तो होस् भन्छु” बोलको मौलिक गीतले उन्लाई सबैलाई परिचित बनानउनुका साथै अगाडि बढ्न समेत हौसला तथा टेवा पुगेको छ । अब बजारमा फेरी अर्को मौलिक गीत चा“डै नै ल्याउने उनको तयारी समेत रहेको छ । आफुले विशेष गरेर मौलिक गीत सिर्जना गर्ने उन्ले हामीलाई बताए ।
तिनै संर्घषबाट जिउदै निरन्तर भविस्यको खोजिमा आफ्ना सपनाहरुलाई जिवीत राखेर जिन्दगीको बाटोमा अघि बढिरहेका सन्तोष बजगाईले गीत गाएर समाजमा केहि गर्ने सोच रहेको बताएका छन् । हाल उनि आफ्नै योजना तथा परिकल्पनामा आफु जन्मेकै भुमिमा एउटा रेडियो सञ्चालन गर्ने योजनाका साथ काम गरिरहेका छन्, आशा गरौ उन्का हरेक सपना साकार बनुन् । बाकी जिवन सुखमय तथा भविष्य उज्जवल बनोस्, शुभकामना ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु