काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर १३ गते, बुधबार ०७:१३
चितवन,१३ मंसिर | चितवनको फिस्लिङमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।
काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको छ ।
 
बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । उनका अनुसार, अहिले घाइतेको उद्धार कार्य भइरहेको छ ।दुर्घटनालगत्तै अहिले सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु