एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

हाम्रो पार्टी मेरो नेता होईन, राम्रो मान्छेलाई मत दिएर भ्रष्ट नेताहरुलाई सजाय दिने हो – सागर श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर १६ गते, शनिबार ०६:५३

सिन्धुपाल्चोक जिल्लामा जन्म भई काठमाडौंलाई कर्मथलो बनाई रहनु भएको, विगत लामो समयदेखी समाजसेवामा क्रियाशिल, स्पष्ट वक्ता, बहुआयमिक, मिडियाकर्मी, जुझारु युवा, विभिन्न संघ संगठनहरुको स्थापना तथा सामाजिक संघ संगठनहरुको प्रमुख पदहरुमा रहेर काम गरिसक्नु भएका सागर श्रेष्ठ दर्जनौ संघ संंगठनहरुमा कुशल नेतृत्व गरिसक्नु भएको छ ।

यस पटक काठमाडौं क्षेत्र नं. १ प्रदेश सभा क्षेत्र नं. २ बाट प्रत्यक्ष प्रदेश सभा सदस्यको लागि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको तर्फबाट उम्मेदवारी दिनुभएको छ । उहाँसंग गरिएको कुराकानीको सार संक्षेप यस प्रकार रहेको छ ।

नमस्कार, चुनावमा उठ्नु भएको रहेछ ? कस्तो भई रहेको छ प्रचार प्रसार ?
नमस्कार, हो यस पटक काठमाडौं क्षेत्र नं. १ प्रदेश सभा क्षेत्र नं. २ बाट प्रत्यक्ष प्रदेश सभा सदस्यको लागि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट मैदानमा उत्रेको छु । अहिले घर दैलो कार्यक्रममा व्यस्त छु । मतादाताहरु उत्साहित छन । राम्रो रेस्पोन्स पाईरहेको छु । प्रत्यक्ष रुपमा मतदातालाई भेटेर उहाँहरुको समस्या र त्यस ठाउँको समस्याहरुको बारेमा नजिकबाट हेर्ने र महशुस गर्न पाएको छु ।


तपाई एउटा समाजसेवी, पत्रकार जस्तो पेशामा आवद्ध ब्यक्ति राजनितिमा कसरी लाग्नु भयो ?
हो म पेशाले पत्रकार हुँ, मैले समाजमा भईरहेको धेरै विसंङ्गती र व्यथितीहरु देखेको छु । त्यसैले गर्दा मलाई राजनीतिमा आउन बाध्य बनायो । सभ्यसमाज र समृद्ध नेपाल निर्माण गर्नैको लागि म राजनीतिमा आएको हुँ ।

तपाइको उम्मेदवारी के का लागि ?
मेरो उम्मेदवारी प्रतिक्रियावादी र दक्षिणपंथी संशोधनवादीहरुको भण्डाफोर गर्न, भ्रष्टचारी, घुसखोरी निर्मुल पार्न, सरकारी कामको ढिला सुस्तिको अन्त्य गर्न, सभ्य समाज र समृद्ध नेपाल निर्माण गर्न अनि जनसरोकारको काम गर्न हो ।

जितको सुनिश्चितता कस्तो देख्नु भएको छ ?
मैले त हाम्रो जित देखि सकेको छु । मैले घर दहिलो कार्यक्रममा मतदाता सम्म पुगेर विगतको निर्वाचन र अहिलेको निर्वाचन, भड्किलो चुनाव प्रचारप्रसार, पैसा र पावरको भरमा गुण्डाहरु अघिपछि लगाएर, भोज भतेर खुवाएर चुनाव मतदातालाई आफ्नो पक्षमा पार्न सबै उपायहरु अपनाई रहेका छन, साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेका छन् । आज फेरी मतादातालाई विभिन्न प्रलोभनहरु देखाएर सत्तामा पुगेर भ्रष्टचार गरेर जनतासामु गरेका बाचाहरु पुरा नगर्ने ति भ्रष्ट नेताहरुको पर्दाफास गर्न सकेको छु यहि नै मैले मेरो जित सम्झेको छु । खेलको मैदानमा गईसकेपछि हार र जित त भई हाल्छ तर सैद्धान्तिक र नैतिक रुपमा मैंले जितेको छु । अन्य पार्टीका नेताहरुले जसरी मतदातालाई छलकपट गरेर जितेको जितलाई म मान्दिन । यो २१ औं शताब्दी हो । अब २१ औं सताब्दीको हामी मानवले सत्य तथ्य बुभ्mनु पर्ने हुन्छ र सहि के हो झुटा के हो बुभ्mनु पर्ने भएको छ । मतदाताहरुलाई नेताहरुले विभिन्न सपनाहरु बाँडेर उल्लु बनाई रहेका छन । अब यहि बेला हो मतदाताले बुभ्mनु पर्ने । हाम्रो पार्टी मेरो नेता होईन, राम्रो मान्छेलाई मत दिएर भ्रष्ट नेताहरुलाई सजाय दिने ।


अन्य ठूला पार्टीहरुले गठवन्धन गरेर चुनावमा गईरहेको बेला तपाईहरु चै एक्लै चुनावी मैदानमा उत्रिनु भएको छ नि ?
हो मैले अघिनै भने प्रमुख पार्टीहरुले गठवन्धनको नाममा मतदाता, जनताहरुलाई उल्लु बनाईरहेका छन । फेरी पनि विभिन्न वाहानामा सत्तामा पुगेर राज्यको ढुकुटी रित्याउन यो खेल खेलिरहेका छन । जुन गठवन्धन छ त्यो भनेको हात्तिको देखाउने दाँत हो । यो गठवन्धनको औचित्य चुनाव संगै सकिने छ । आफ्नो स्वार्थ पुरा गर्नका लागि परेका यि पार्टीहरुलाई अव जनताले सजाय दिनेछन किनकी हाम्रो दृष्टिमा जनता भनेका न्यायधिश हुन् । हामी यिनीहरुले गरेका काला कर्तुतहरुको् भण्डाफोर गर्छौं, गरिरहने छौं ।


तपाईको चुनावी एजेण्डाहरु के के छन ?
हाम्रो चुनावी एजेण्डाहरु अन्य पार्टीहरुको जस्तो बनावटी, छल कपट, सपना बाँडने खालको छैन । जनसरोकारको विषयहरु समेटिएका छौं । जे गर्न सक्छौं त्यही जनतासामु स्पष्ट राखेका छौं । जनसरोकारका विषयहरुलाई प्रमुखताको साथ हिजो पनि उठाएका थियौं, आज पनि उठाएका छौं र भोलि पनि उठाई रहने छौं । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, प्राकृतिक सम्पदा, आदिको बारेमा स्पष्ट मोर्चाको धारण राखेका छौं ।

आफ्नो व्यस्तताको बादजुद पनि समय दिनु भयो । अन्तमा आफ्नो मतदाताहरुलाई के भन्न चाहानु हुन्छ ?
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र मेरो व्यक्तिगत धारणा यस मिडियामा मार्फत राख्न दिएकोमा विशेष धन्यबाद दिन चाहान्छु । म आफ्नो मात्र मतदाता भन्दा पनि सम्पूर्ण नेपाली दाजु भाई दिदीबहिनी, मतदाताहरुलाई आव्हान गर्न चाहान्छु । फेरी पनि तपाईहरु एक चोक्टा मासु, रक्सी, भोज भतेर, लत्ता कपडा, दुईचार हजार पैसामा विकेर एक दिनको मोज मस्तिमा भूलेर भोलिको सुन्दर भविश्यलाई अन्धकारमा नै लैजानुहुन्छ भन्ने मलाई लाग्दैन । तपाइहरुले अब तपाईको छोरा नातिको भविश्य हेर्नु छ । भ्रष्टचार मुक्त देश बनाउनु छ । तपाईको सहि निर्णयले सभ्य समाज र समृद्ध नेपाल बन्ने छ । त्यो पुरा गर्नको लागि हाम्रो लाई होइन, राम्रोलाई मत दिन अनुरोध गर्दछु साथै स्वच्छ छवि भएका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुलाई मुठ्ठी चिन्हमा छाप लगाएर अत्याधिक बहुमतले देजमोका उम्मेदवारहरुलाई जिताउनु हुन हार्दिक अपिल गर्दछु ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु