आयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ गणबहालका झरोखीराम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर १६ गते, शनिबार १३:५९

किशोर सेढाई

काठमाण्डौ । काठमाण्डौ गणबहालका झरोखीरामलाई त्यो क्षेत्रमाबसोवास गर्ने मानिसले नचिन्ने कुरै भएन । उनले गणबहालमा पुरानाब्याग र जुत्तासिलाउने पेशा गरेको ४९ वर्ष भयो ।
भारतको बिहार राज्यको दरभंगामाजन्मिएकाझरोखी राम १७वर्षकै कलिलो उमेरमै वि.स. २०२५ साल जेष्ठ महिनामा काठमाण्डौ आए र उनले यो पेशाअंगाले ।
उनको दैनिकीविहान ८ बजे शुरु हुन्छ र यो निरन्तर राति७ बजे सम्मअनवरत रहन्छ । उनले यही पेशाबाट दरभंगामा रहेकाआफनो परिवारको पालनपोषणसंगै सानो छोरालाई भारतको चेन्नईमा लेभ टेक्नीसियनको रुपमा पढाउन सफलभएका छन । हाल ६६ वर्ष उमेर टेकेकाझरोखीरामको जीवनमाविश्रामभने शब्दै छैन । उनको भनाईमाभगवानश्रीकृष्णले महाभारतमाअर्जुनलाई गीतामादिएको श्लोकको सार्थकताअनुसारनै कर्म गर्दै जाने बताउँछन ।
आफु काठमाण्डौ आँउदात्यो ठाँउमा पुराना माटाका मात्रै घरहरु रहेको बताउँदै झरोखीरामअहिले काठमाण्डौमा धैरै परिवर्तन भएको बताउँछन । त्यतिखेर काठमाणडौको सो ठाँउमा दिंउसै स्यालहरु कराउने गरेको उनी स्मरण गर्दछन ।
उनले यही पेशाबाटआफनादुइ छोरीको विवाहगरि सकेका छन । उनका जेठा छोरा काठमाण्डौकै गण्बहालमा छुटटे मोबाइलमर्मत गर्ने कामगर्दछन । उनी काठमाण्डौमा जेठा छोरासंगै बस्दछन । काठमाण्डौ आउँदात्यतिखेर सुन्धारा हुलाककार्यालयमामात्र टेलिफोन देखेकाझरोखरुरामअहिले मोबाइलबाटै दरभंगामा रहेको आफनो परिवार र चेन्नइमा रहेकाआफना कान्छा छोरासंग सम्पर्क गर्दछन ।अलिअलिबिग्रेकाब्याग देखि पुरानाब्यागसम्मबनाउनसिपालु उनलाई खोज्न ग्राहकहरु कठमाण्डौको टाढा टाढा देखि गणबहाल आउने गर्दछन । । नम्र स्वभावकाझरोखीरामलाई धेरै ग्राहकले सो ठाँउको बारे एक आपसमा साथीभाईह मार्फत थाहापाएर आउने गर्दछन । कतिपयग्राहकहरु उनीसंग मोबाइलफोनमा सम्पर्क गरि सो ठाँउमापुग्ने गर्दछन ।
वर्षमा छठ पर्व र फागु पुर्णिमामामात्रै उनीआफनो घर दरभंगामा परिवार र पुराना साथीभाईलाई भेटन जाने गर्दछन ।
दैनिक सरदर रु पाँचसय देखि बढीमा दुई हजारसम्मउनी यो पेशाबाटकमाउने उनी यो पेशाबाट खुसी छन । । मेहनत र लगनशीलको लागिझरोखीरामको जीवन शैली बाट आजको युवाहरुले प्रेरणा लिन जरुरी छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु