भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

हाते ट्याक्टरले तरकारी कृषकमा उत्साह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर २५ गते, सोमबार ११:२५

संखुवासभाका कृषकहरु व्यवसायिक कृषि खेतितर्फ आकर्षित बन्न थालेका छन् । बढ्दो बजार क्षेत्र र थप उपभोक्ताको संख्या बढेसंँगै यहाँका कृषि उत्पादनले राम्रो बजार पाउन थालेपछि कृषकहरु थप हौसिएका हुन् ।
परम्परागत कृषि पेशालाई आधुनिकीकरणतर्फ उन्मुख गर्न जिल्ला कृषि विकास कार्यालय संखुवासभाले समुहमा आउने कृषकहरुलाई खेत जोत्ने मेशिन समेत अनुदानमा उपलब्ध गराएपछि काम गर्न अझै सहज भएको स्थानीय कृषक गोपाल चापागाईंको भनाई छ ।
विकासको संभावना बढ्दै गएकाले संखुवासभा र छिमेकी जिल्लाबाट समेत रोजगारी, ब्यापार ब्यवसाय, शिक्षा, स्वास्थ्य लगायतका सेवाको खोजिमा मानिसहरु सदरमुकाम खाँदबारी आउने क्रम बढ्न थालेको छ । अरुण तेश्रो परियोजना, उत्तर दक्षिण कोशी सडक, चीन र भारत जोड्ने सबैभन्दा छोटो दुरीको किमाथांन्का नाका संचालन आदी कारणले पनि सदरमुकाम खाँदबारीमा आउने मानिसहरुको संख्या बढ्न थालेको हो ।
बढ्दो उपभोक्तालाई स्थानीय उत्पादनले धान्न नसकेपछि अहिले छिमेकी जिल्लाहरु धनकुटा, सुनसरी, मोरङ, झापा र भारतबाट समेत खाद्यान्न तथा तरकारी फलफूलको आयात गरिँदै आएको व्यापारीहरु बताउँछन् । रुद्राक्ष, अलैंची जस्ता नगदेबालीबाट राम्रो आम्दानी लिईरहेका किसान समेत अहिले तरकारी खेतितर्फ आकर्षित भएका छन् ।
रोजगारीको खोजिमा लागेका युवाहरुको कृषि पेशा तर्फको आकर्षणले अहिले पुन संखुवासभाको अर्थतन्त्रलाई कृषि क्षेत्रले धान्न सक्ने सम्भावना बढेको जिल्ला कृषि विकास कार्यालय संखुवासभाका कृषी प्रसार अधिकृत रामबहादुर ठाकुरको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु