भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर २८ गते, बिहीबार ०५:१२

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित सडकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको बुधबार उपचारको क्रममा मृत्यु भएको छ ।

मिर्चैया नगरपालिका–१ स्थित राजमार्गमा मंगलबार साँझ पश्चिमबाट पूर्व आउँदै गरेको स ८ प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ५० वर्षीय चन्देश्वर साहको उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगेपछि उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, मिर्चैयाले जनाएको छ ।

सोही दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मिर्चैया नगरपालिका–१ निवासी २६ वर्षीय मुकेशकुमार कापरको प्रहरीको निगरानीमा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु