प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तराष्ट्रिय दिवस काठमाण्डौंमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर २९, शुक्रबार ०६:२८

शर्मिला विश्वकर्मा, काठमाण्डौं- “सबैका लागि दिगो र समता मुलक समाज उन्मुख रुपान्तरण” भन्ने मूल नाराका साथ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र अपाङ्गताको क्षेत्रमा काम गने विभन्न संघ संस्थाहरुको साझेदारीमा आज अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तराष्ट्रिय दिवस काठमाण्डौंमा सम्पन्न भयो । सो दिवसका अवसरमा काठमाण्डौंको कमलादि स्थित प्रज्ञा भवनबाट निकालिएको र्याली अन्नपूर्ण होटल, नारायणहिटी दरबार, लैनचौर हुदै समाज कल्याण परिषदमा गएर कोण सभामा परिणत भएको थियो ।

सो ¥यालीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रम बहादुर थापाले रिवन काटेर गर्नु भएको थियो । सो दिवसका अवसरमा सम्माननिय राष्ट्रपति विद्यादेवि भण्डारीले शुभाकामना सन्देश पठाउनु भएको र उक्त शुभकामना सन्देश महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव केशब प्रसाद भट्टराईले पढेर सुनाउनु भएको थियो ।

सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको भौतिक पहुँचको लागि आफ्नो कार्यस्थल अपाङ्गता मैत्री बनाउनु भएको भनि ललितपुरको लविङ महलका सञ्चालक र आर्दश सोल युवक माध्यमिक विद्यालयका प्रधानध्यापकलाई कार्यक्रमका प्रमुख अतिथि एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रम बहादुर थापाले सम्मान पनि गर्नु भएको थियो । उक्त कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव ङइन्द्र प्रसाद उपाध्यायले अपाङ्गता भएका व्यक्तिहरुका लागि यो मन्त्रालयले काम गर्दै आएको र आगामी दिनमा पनि उनीहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउननु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुका लागि बनाइएका नीति नियमहरु कार्यन्वयन गर्नका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्ने, उनीहरुको पहुँचयुक्त रोजगारीको सृजना गर्ने कार्यलाई अगाडि बढाउने बताउनु भयो । त्यसै गरी उक्त कार्यक्रमका प्रमुख अतिथि एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रम बहादुर थापाले संविधानमा समावेश गरिएका अपाङ्गताका सवालहरुलाई कार्यन्वयन गर्नुका साथै अपाङ्गता सम्बन्धी नीति नियमहरुलाई अपाङ्गता मैत्री बनाउने र कार्यन्वयनको लागि काम गर्ने कुरामा जोड दिनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु