काठमाण्डौ -काठमाडौं महानगरपालिकाले आफ्नो २३औं महानगर दिवश आज मंसिर २९ गते सम्पन्न गरेको छ । महानगर दिवशको उपलक्ष्यमा आयोजित मूल समारोहमा महानगर प्रमुख श्री विद्या सुन्दर शाक्यले सम्पूर्ण महानगर बासिमा हार्दिक शुभकामना दिँदै संविधानले स्थानीय सरकारको रुपमा व्यवस्था गरेको प्रावधानहरुलाई संर्कीण पार्ने गरी कानूनहरु जारी नहोस भन्ने कुरामा स्थानीय सरकारहरु चनाखो हुनुपर्ने बताउनु भयो । साथै महानगर प्रमुख शाक्यले स्वच्छ, स्वस्थ एवं समृद्ध काठमाडौं महानगर निर्माण गर्ने यस महाअभियानमा सम्पूर्ण महानगरवासी, राजनैतिक दल, निजी क्षेत्र एवं संबद्ध सरकारी निकायहरुलाई हार्दिक आह्वान गर्दै निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।
त्यस्तै गरि महानगर प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाको ऋभिबल त्जभ ऋष्तथ र न्चभभल त्जभ ऋष्तथ कार्यक्रम अन्तर्गत फोहर उ्रत्पादन स्थलबाट सार्वजनिक स्थानमा नफाली सिधै फोहर उठाउने गाडीमा संकलन गर्ने गरिएको, सडकमा रहेको धुलो उठाउने तथा पखाल्ने, सडक किनारा तथा टा«फिक आईल्याण्डहरुमा हरियाली प्रवद्र्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाउँदै लगिएको बताउनु भयो ।
महानगर प्रमुख शाक्यले विधुतीय शासनलाई प्रवद्र्धन गर्ने क्रममा भवन इजाजत प्रक्रियालाई स्वचालित बनाउने गरि भवन निर्माण ईजाजतमा म्ष्नष्तब िक्ष्नलबतगचभ क्थकतझ को उपयोगको औपचारिक समुद्घाटन गर्नुभयो । यस अन्तर्गत आगामि बैसाख १ गतेदेखि भवन ईजाजत प्रक्रियालाई पूर्णरुपमा स्वचालित बनाईने महानगरपालिकाको योजना रहेको छ । त्यस्तै सार्वजनिक स्थलहरुलाई “फ्रि वाईफाइर्” जोन कायम गर्ने क्रममा प्रथम चरणमा सवै वडा कार्यालय भवनहरुमा “फ्रि वाईफाई” सेवाको आजबाटै शुभारम्भ गरिएको छ ।
महानगरवासिलाई स्वस्थ र निरोगी बनाउन जनचेतनामुलक एवं प्रवद्र्धनात्मक स्वास्थ्य सेवाहरु प्रदान गर्ने क्रममा महानगरलाई धुम्रपान तथा सुर्तिजन्य पदार्थमुक्त शहर ९त्यदबअअय ँचभभ ऋष्तथ० घोषणा गर्ने कार्यक्रम आजबाट प्रारम्भ गरिएको छ । यस कार्यक्रम अन्तर्गत तिब्र अनुगमन, जनचेतनामूलक कार्यक्रमको आयोजना, जनचेतनामूलक सन्देशको प्रकाशन तथा प्रशारण जस्ता कार्यक्रमहरु सघन रुपमा सञ्चालन गरि आगामि १८ महिनाभित्र यो अभियान सम्पन्न गरिने योजना घोषणा गरिएको छ ।
त्यसैगरी उक्त कार्यक्रममा बोल्दै उप प्रमुख हरि प्रभा खडगी श्रेष्ठले महानगरका सवै कर्मचारीहरुलाई आफनो कार्यमा लगनशीलता र दत्तचित्त भएर महानगरको काममा समन्वयकारीको भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले महानगरबाट प्रदान गरिने सेवा प्रवाहमा गुणस्तरियता र पारदर्शिता कायम गर्न आजको दिनमा सवैले प्रण गर्नुपर्ने बताउन ुभयो । सोही अवसरमा महानगर प्रमुख शाक्यले उत्कृष्ट करदाता सम्मान र २५ बर्ष सेवा अवधि पुरा गरेका महानगरका कर्मचारीहरुलाई दीर्घसेवा सम्मान प्रदान गर्नुभयो ।
सो समारोहमा महानगरपालिका नगर कार्यपालिका तथा नगर सभाका सदस्यहरु र महानगरका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।