स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

ह्विल चेयर क्रिकेटमा नेपालले भारतलाई ६५ रनले हरायो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर २९, शुक्रबार १२:५१

नेपालमा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतलाई ६५ रनले हराएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १४ ओभरको खेलमा सबै ४  विकेट गुमाएर १५१ रन बनाएको थियो। नेपालका लागि नविन राईले सर्वाधिक ५० रन बनाएर नटआउट रहे।  यस्तै विपिन पौडेल २५रनमा नटआउट भए भने राजु गुरूङले २३ र दिगम चेम्जोङले१६ रन बनाएका थिए।नेपालले अतिरिक्त बाट ३७ रन पाएको थियो। भारतका ललित पाठक र अमित कुमार सिंहले २-२ विकेट लिए।

१५२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले निर्धारित १४ ओभरमा ७ विकेट गुमाउँदै ८६ रनमा समेटियो। भारतलाई सस्तैमा समेट्ने क्रममा नेपालका यामबहादुर श्रेष्ठ, विष्णु अधिकारीले २-२ तथा राजु कट्वालले १ विकेट लिएका थिए।

आजको खेलमा म्यान अफ द म्याच अर्धसतक बनाएका नवीन राई भए। यसअघि हिजो नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ९ विकेटले हराएको थियो। त्रिकोणात्मक श्रृखंलामा २ जीतसहित नेपाल फाइनलमा पुगेको छ।

ह्विलचियर क्रिकेट संघको आयोजनामा भएको टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली टिमको कप्तानी हिमाल आर्यालले निभाएका छन्।

सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा भएको प्रतियोगितामा राउन्ड राविनपछि शीर्ष २ टोलीले पुस १ गते फाइनल खेल्नेछन्। अपांगले पनि देशको नाम झन्डा फहराउन सक्छन् भन्ने उदाहरण दिनका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने कप्तान हिमालले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु