• पुस १ गते आज ‘कालो दिन’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ पुष २०७४, शनिबार ०९:५०

    काठमाडौं -तेह्रथुमको आठराई बासीले पुस १ गतेलाई कालो दिनको रुपमा मनाएका छन् ।

    आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा आगलागी भएको बर्ष दिनलाई उनिहरुले कालो दिनको रुपमा मनाएका हुन् ।

    स्थानियले पुन:आगलागी नहोस भन्दै “अग्नि दहा पूजा” समेत लगाएका छन् । गत बर्षको पुस १ गते भएको आगलागीबाट ३२ घर जलेर नष्ट भएका थिए भने ७३ परिवार विस्थापित भएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु