ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

सञ्चारकर्मी दलबहादुर भण्डारीको ट्रिपरको ठक्करबाट निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २ गते, आईतवार ११:३६

बुटवलका सञ्चारकर्मी दलबहादुर भण्डारीको निधन भएको छ । उनको आज बिहान बुटवलको हस्पिटल लाइनमा  ना ७ ख ६७२५ नम्बरको ट्रिपरले लु ३१ प १४५० नम्बरको स्कुटरलाइ ठक्कर दिँदा निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको जेनस हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको  हो ।

नया दिशा साप्ताहिकका बजार व्यवस्थापक, बुटवल बहुमुखी क्याम्पसका पुर्व स्ववियु उप-सभापती, राष्ट्रीय जनमोर्चाका नेतासमेत रहेका भण्डारीको निधनले रुपन्देहीको संचार क्षेत्र स्तब्ध बनेको छ।

गोलपार्क बाट चौडाहा तर्फ जादै गरेको ट्रीपरले स्कुटरमा हिडिरहेका उनलाइ हस्पिटल लाइनमा ठक्कर दिएको हो । दुर्घटनामा परि ४५ बर्षका भण्डारी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भण्डारीको ठक्कर दिने ट्रीपर प्रहरीको नियन्त्रणमा रहे पनि ट्रीपर चालक भने फरार रहेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ । भण्डारीका २ छोरा र एक श्रीमती छन् ।-NagrikAawaj

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु