• अपांग प्रतिभा पुरस्कार वितरण कार्यक्रम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ पुष २०७४, मंगलवार ०३:०१

    समाज कल्याण परिषद्, राष्ट्रिय अपांग कोषद्धारा सबैका लागि दिगो र समतामुलक समाज उन्मुख रुपान्तरण भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा कोषद्धारा राजधानीमा आयोजित समारोहमा वर्गिय अपांगता भएका विविध क्षेत्रका प्रतिभाहरुलाई पुरस्कृत गरियो । कोषका सभापति श्री गोपाल बहादुर भण्डारीबाट कार्यक्रमको सभापतित्व गर्नु भएको थियो भने माननीय विक्रम बहादुर थापा, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका मन्त्रिज्यूको प्रमुख आतिथ्यतामा विविध क्षेत्रका प्रतिभाहरुलाई प्रमुख अतिथीको हातबाट एवं समाज कल्याण परिषद्का कोषध्याक्ष वीर बहादुर ठगुन्ना,सदस्य सचिव श्री डिल्ली प्रसाद भट्टबाट र सदस्य श्रीराकेश हमाल र अन्य अतिथिज्यूको समुपस्थितीमा पुरस्कार वितरण गरिएको थियो |

    सो अवसरमा दृष्टिविहिन भएका विद्यार्थीहरु मध्ये बाट प्रनिसा रिजाल र मनिषा राई, शारिरिक अपांगता भएका विद्यार्थी मध्ये बाट निरुता मगर र बहिरा विद्यार्थीबाट एस ई ई परिक्षा २०७३ मा सर्वोत्कृस्ट अंक ल्याउने विद्यार्थीहरुलाई अपांग प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

    त्यसैगरी लामो समय देखि आफु अपांगता भएर पनि अरुलाई शिक्षाको ज्योति फैलाउन सफल तिन जना शिक्षक शिक्षिकाहरुलाई, बहिरा शिक्षक तर्फ रमेश नेपाल, दृष्टििविहिन शिक्षक तर्फ हरिदत शर्मा र शारिरिक तर्फ तुलशी जोशीलाई शिक्षक सम्मान पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।
    विभिन्न दाताबाट कोषमा पुरस्कार स्थापना गर्नु भएका हेमगंगा शारिरिक अपांग प्रतिभा पुरस्कारबाट राजेन्द्र कुमार यादव र कमला निरौला पुरस्कृत हुनुभएको थियो ।

    त्यसैगरि कलाकार हरिप्रसाद शर्माद्धारा स्थापित स्वरोजगार सहयोगबाट इन्द्रावति भर र शिवराम दयाल पुरस्कृत हुनुभएको थियो । साथै ईश्वरी गुरुङ्गद्धारा स्थापित बौद्धिक अपांग पुरस्कार शिव श्रेष्ठले प्राप्त गर्नु भएको थियो भने चन्द्रकुमार भट्टराईद्धारा स्थापित चन्द्रकुमार भट्टराई नेत्रहिन प्रतिभा पुरस्कार बाट क्रिकेट खेलाडी श्री पदम बहादुर बडेला पुरस्कृत हुनुभएको थियो । इन्दिरा राणाद्धारा स्थापित धन इन्दिरा राणा बहिरा प्रतिभा पुरस्कार श्री लक्ष्मी ढकाल दाहालले प्राप्त गर्नु भएको थियो ।
    अपांगता भएका व्यतिहरुको लागी स्वरोजगारमा सहयोग पुरयाए वापत सुनसरीका मान बहादुर विश्वकर्मालाई सम्मान गरिएको थियो ।

    साथै कोषका लामो समय देखि कार्यरत कर्मचारिहरु श्री मिन प्रसाद गुरुङ्ग र राम बहादुर थापालाई सम्मानित गरियो ।
    सो समारोहमा कोषका सदस्य श्री छविरमण पोखरेलबाट स्वागत मन्तब्य दिनु भएको थियो । समाज कल्याण परिषद्का कोषध्यक्ष श्री विर बहादुर ठगुन्नाबाट सम्बोधन गर्दै कोषका कार्यक्रममहरु अझै विस्तृत पार्नु पार्ने बताउनु भएको थियो भने राष्ट्रिय अपांग महासंघका अध्यक्षबाट कोषका कार्यक्रमहरुलाई राष्ट्र व्यापी बनाउन आफ्नो तर्फबाट सम्बन्धित निकायमा महासंघका तर्फबाट आवश्यक पहल गर्ने बताउनु भएको थियो । कोषका सदस्य सचिव श्री यमनाथ मैनालीज्यूबाट कोषको आ.व. ०७४।७५ को प्रगति विवरण वाचन गर्नुका साथै सो समारोहको कार्यक्रम संचालन गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु