अपाङ्गता भएका व्यतिहरूको २६ औं अन्तराष्ट्रिय दिवस – मूल समारोह समिति ले आयोजना गरेको सो सम्मेलन लाई अन्तर्राष्ट्रिय गैसस संघ, नेपाल (ए आई एन) संगको सहकार्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संयोजन तथा संचालन गरेको हो।
माननीय महिला बालबालिका तथा समाज कल्याण मन्त्री श्री बिक्रम बहादुर खड्का को मुख्य आतिथ्य रहेको सो सम्मेलन मा देश भरी रहेका अपाङ्गता भएका ब्यक्तिहरुको संस्था का प्रतिनिधिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैसस का प्रतिनिधिहरू, नेपाल स्थित संयुक्त राष्ट्र संघका विभिन्न निकाय का प्रतिनधि तथा नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सम्मेलनमा अपाङ्गता संग सरोकार राख्ने दिगो विकासका विभिन्न लक्ष्यहरू बा रे छलफल तथा प्रस्तुतिकरण पनि गरिएको थियो। दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन को क्रममा मा अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू लाई प्रभावकारी रूपमा समेटेर अगाडि बढ्नको लागि साझा रणनीति तयार गर्दै यो सम्मेलनको आज समापन हुदै छ|