९ घण्टापछि वीरगन्ज महानगरपालिका २२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगो आफै निभेकाे छ । बुधबार विहान ६ बजेदेखि लागेको आगो दिउँसो करिब ३ बजे आफै निभेकाे हो ।

पर्साका एसपी गणेश रेग्मीका अनुसार प्रारम्भिक अनुमानअनुसार बुलेटबाट ग्यास लिक भएर आगो बलेको हो । आगो निभाउने क्रममा दुई जनाको ज्यान गएको छ । त्यस्तै चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पुर्‍याइएको छ । मृतक दुवैको खनाखत भइसकेको छैन ।