दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७४ मस्यौदा उपर परामर्श गोष्ठी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ६, बिहीबार ०५:४०

 ५ पुष २०७४ शर्मिला विश्वकर्मा,

काठमाण्डौं महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र माइराइटको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७४ मस्यौदा उपर परामर्श गोष्ठि काठमाण्डौंमा सम्पन्न भयो । सो गोष्ठीमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अपाङ्गता अधिकार प्रर्वद्धन शाखाका शाखा प्रमुख तथा उपसचिव केशव प्रसाद भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७४ को मस्यौदामा भएका व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सो मस्यौदामा अपाङ्गताको वर्गिकरण, अपाङ्गा परिचय पत्र लिने प्रक्रियाका बारेमा, सेवा सुविधाका बारेमा प्रष्ट पार्नु भएको थियो । साथै उहाँले यो नियमावली बनाउनको लागि थप सल्लाह सुझाब राष्ट्रिय अपाङ्ग महासंघमा दिनु हुन पनि आग्रह गर्नु भएको थियो । त्यसै गरी माइराइट नेपालका राष्ट्रिय संयोजक शिव रायमाझीले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ ल्याउनको लागि सरोकारवाला निकाय तथा अपाङ्गता भएका व्यक्तिहरु र अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको साथ र सहयोग रहेको बताउनु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महसंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ लाई नियमावली बनाएर कार्यन्वयन गर्नको लागि यो गोष्ठीबाट आएका सल्लाह सुझाब अनुसार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई बुझाउने बताउनु भयो ।

सो गोष्ठीमा प्रत्येक प्रदेशका अपाङ्गता भएका व्यक्तिहरुको विचमा उक्त ऐनलाई नियमावली बनाउनको लागि समुहगत छलफल गरि सल्लाह सुझाब संकलन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु